
नेपालगन्ज, २५ जेष्ठ – काेभिड-१९ काेराेना भाईरसले आक्रान्त बनेकाे नेपालगन्जमा सरकारद्वारा लगाईएकाे लकडाउनेले यहाँ रहेका थुप्रै सहयाेगी हातहरूले काेही भाेकभाेकै नरहुन भनी आ-आफ्नाे स्थानबाट सहयाेग गर्दै आईरहेका छन् ।
यिनी सहयाेगी हातहरू मध्यबाट एक हाे कशाैधन वैश्य समाज युवा मञ्च बाँके । विगत एक महिनादेखि नेपालगन्जका गरिब, असहाय न्यून आय भएकाेहरूलाई भाेकभाेकै बस्न नपराेस भनी खाधान्न लगायत सहयाेग गर्दै आईरहेकाे छ ।
कशौधन बैश्य समाज युवा मञ्च बाँकेले आज मंगलबार नेपालगन्जमा रहेका निलसागर सेवाश्रमलाई खाद्यान्न लगायतको सामाग्री सहयाेग गरेको छ । मञ्चले सेवाश्रममै पुगेर आवश्यक खाद्यान्न तथा खेलकुदका सामाग्री सहयोग प्रदान गरेको कशाैधन वैश्य समाज युवा मञ्चका अध्यक्ष आदित्यकुमार गुप्ताले बताउनुभयाे ।
मञ्चका अध्यक्ष गुप्ताले सेवाश्रमका अध्यक्ष सरिता खनाललाई प्रदानित सामाग्री हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा बोल्दै बैश्य समाज मुल समितिका अध्यक्ष नन्दलाल बैश्यले सेवा भावले सञ्चालित सेवाश्रमले समाजमा ठुलो योगदान पुर्याएको बताउनुभयाे ।
व्यक्तिहरुले बिबिध कारणले बृद्ध आमा बुवालाई घरबाट आश्रममा राख्छन्, अध्यक्ष बैश्यले भन्नुभयो, त्यस्तो अवस्थामा रहेकालाई यसले सेवा प्रदान गरेको छ । परिवारबाट टुहुरा बनेकालाई एकात्रित गर्ने काम निलसागरले गरेको छ, यो समाजमा ठुलो योगदान पुगेको छ ।
सहयोग ग्रहणपछि बोल्दै सेवाश्रमकी अध्यक्ष खनालले सबैको सहयोगले नै अहिले समस्याका रुपमा सृजना भएको बृद्धबृद्धालाई व्यवस्थापन गर्न सकिएको बताउनुभयो । उहाँले मानव भएको नाताले आफुले समाजका लागि केही गर्नुपर्ने भएकाले खुल्ला हृदय भएकाहरुको सहयोगबाट यो कार्य सम्भव भएको धारणा राख्नुभयो ।
सेवाश्रमलाई व्यवस्थापन गर्न अझै चुनौती भने रहेको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा बैश्य मुल समितिका पुर्व अध्यक्षहरु, युवा मञ्चका सचिवसहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आश्रमलाई प्रदान गरिएको सामाग्रीहरुमा चामल, दाल, बनस्पति ध्यू, आलु, खाने तेलसहितको खाद्यान्न, पंखा, बालबालिकाहरुका लागि कपि, क्यारमबोर्ड, लुडो, बिस्कुट, व्याटमिन्टन लगायतकाे सामाग्री रहेको थियाे ।
