
नेपालगन्ज, २४ जेष्ठ – गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाले एम्बुलेन्स खरिदका लागि नेपाल पत्रकार महासंघ बाँकेलाई २१ हजार सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि गैसस महासंघ नेपालले उक्त रकम हस्तान्तरण गरेको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह लगायतका पदाधिकारीहरुले आज सोमबार उक्त रकम हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल बाँके शाखाका सचिव आशिष बर्मा, कोषाध्यक्ष निर्मला सुनार, सदस्यहरु लोगबहादुर परियार र अभिराज क्षेत्रीको उपस्थिती रहेको थियो ।
कोभिड १९ को सक्रमण बाँकेमा बढ्दै गएपछि गैसस महासंघ नेपाल बाँके शाखाले स्वास्थ्य सामाग्री सहयोगका लागि समन्वयकारी, संयोजनकारी भुमिका निर्वाह गर्दै आएको अध्यक्ष शाहले बताउनुभयो ।

