Wednesday, April 15सत्यम खबर
Shadow

जन कल्याणद्वारा होली मिलन समारोह

नेपालगन्ज, १८ चैत – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँमा रहेको जन कल्याण युवा क्लबद्वारा आज बुधबार होली मिलन समारोहको आयोजना गरिएको थियो ।
होली मिलन समारोहका प्रमुख अतिथि राजनीतिक व्यक्तित्व तथा समाजसेवी ललितकुमार रौनियारले होली मिलनको अवसरमा सम्पूर्ण देशबासीहरुमा होलीको शुभकामना दिनुका साथै क्लबद्वारा आयोजना गरिएको होली मिलन समारोहले युवाहरुमा सकारात्मक ऊर्जा दिनुका साथै क्लकको प्रगतिका लागि आफूबाट हुने सम्पूर्ण सहयोग अहोरात्र गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।


होली मिलन समारोह रामगोपाल वर्माको संयोजकत्वमा सञ्चालन गरिएको थियो भने क्लबका सचिव संजय हरिजनको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा समाजसेवी अशोककुमार गुप्ता, क्लबका सल्लाहकार तथा काली माई संरक्षण समिति सुर्जीगाउँका अध्यक्ष बिजय जायसवाल, सल्लाहकार रामकुमार जायसवाल, राप्रपा बसुदेवपुरका अध्यक्ष धनराज काँदू, तत्कालिन बसुदेवपुर गाबिसका पूर्व उपाध्यक्ष जुगुरु बेहना, सल्लाहकार गुरुप्रसाद मिश्र, जेष्ठ नागरिक नन्दकिशोर गुप्ता, तीरथराम जायसवाल, कृष्णबहादुर शर्मा लगायतले होलीको शुभकामना सहित जन कल्याण युवा क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।


जन कल्याण युवा क्लबका अध्यक्ष तीरथराम धोबीले प्रमुख अतिथि तथा अतिथि लगायत उपस्थित ब्यक्तित्वहरुलाई होली मिलन समारोहमा अबीर लगाएर स्वागत गर्नुभएको थियो ।
धर्म प्रकाश जायसवालद्वारा सञ्चालित इन्जिनियर रामसागर हरिजन, क्लबका सल्लाहकार सुशीलकुमार गुप्ता, शंकरलाल हरिजन, छबिराज उपाध्याय, जयप्रकाश कौलिक, उपाध्यक्ष दिपेन्द्र जायसवाल, सहसचिव गंगनदीप गुप्ता, कोषाध्यक्ष दिलिप जायसवाल, उत्तमकुमार जायसवाल, जगतबहादुर वर्मा, गौतम वर्मा, सदस्य रंजीतकुमार गुप्ता, चन्द्रप्रकाश जायसवाल, कृष्णकुमार भुजुवा, गौरव जायसवाल (सोनू), श्याम मनोहर कलवार, बेदप्रकाश, मनीष जायसवाल, आकाश जायसवाल, सोहनलाल वर्मा, प्रेमलाल जायसवाल, गोमतीप्रसाद वर्मा लगायत महिला पुरुष, बालबालिका स्थानीयबासीहरुको होली मिलन समारोहमा उपस्थित रहेको थियो ।


करीब १ दशकभन्दा पहिला सुर्जीगाउँ होली मिलन कार्यक्रमको आयोजना गरिएको वक्ताहरुले स्मरण गरेका थिए । अब आउने दिनमा होली मिलन लगायतका पर्वहरु गर्नका लागी अनुरोध पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *