Tuesday, April 14सत्यम खबर
Shadow

२३ वटै वडालाई बालमैत्री घोषणाको तयारी

नेपालगन्ज, १८ चैत – नेपालगन्ज उपमहानगरपालिकाका सबै २३ वटै वडालाई बालबिवाह मुक्त वडा घोषणाका लागि तयारी सुरु गरिएको छ ।
नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बुधबार बसेको बाल अधिकार समितिको बैठकले २३ वटै वडालाई बाल बिवाह मुक्त वडा तथा बालमैत्री वडा घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन समितिको गठन गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा अध्यक्ष र उपप्रमुख उमा थापा मगर उपाध्यक्ष रहनुभएको समिति कार्यविधि अनुसार विभिन्न क्षेत्रको प्रतिनिधित्वसहित २१ सदस्यीय रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *