Monday, April 27सत्यम खबर
Shadow

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य चैत्र १३ गते रङ्गारंग कार्यक्रम आयोजित गर्नमा व्यस्त

नेपालगन्ज, ८ चैत्र – प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य अहिले चैत्र १३ गते दिन रङ्गारंग कार्यक्रम आयोजित गर्न व्यस्त रहेको कुरा जानकारीमा आएको छ ।
गत माघ २५ गतेका दिन प्रतिष्ठानको बैठक स्थानीय किन्नुराम काशीराम पंचायती धर्मशालामा बसेको थियो । यस बैठकबाट फागु पूर्णिमा (होली) पर्वको अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडी प्रेस स्वतन्त्रता सेनानी वैश्यको स्मृतिमा रङ्गारंग कार्यक्रम वरिष्ठ पत्रकार पूर्णलाल चूकेको संयोजकत्वमा आयोजित गर्ने सर्वसम्मतिले निर्णय गरिएको थियो ।


सोही निर्णय अनुसार अहिले प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य अहिले रङ्गारंग कार्यक्रम आयोजना गर्नमा व्यस्त छन् । प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य विगत दशकौदेखि होली पर्वमा “महामूर्ख सम्मेलन” को आयोजना गर्दै आउनु भएको थियो । यसै कारणले अहिले प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले रङ्गारंग कार्यक्रम भब्य ढंगले आयोजित गर्नेतर्फ लागेको देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *