Sunday, April 26सत्यम खबर
Shadow

न्यायको पर्खाइमा बलात्कारको प्रयासमा सांघातिक आक्रमणमा परेकी बालिका…

नेपालगन्ज, ६ फागुन – गत माघ १६ गते कक्षा ९ मा अध्ययनरत नाबालक रेखा (नाम परिवर्तन) एस.ई.ई. परीक्षा फारम भर्ना विद्यालय गएको बेला नेपालगन्ज वडा नं. ४ घोसी टोल बस्ने असलम हलवाईका छोरा वर्ष २० का जुनेद हलवाईले चाकुको डरमा उठाई लगेको पीडितकी आमाले रुंदै बताईन् ।
पीडक जुनेद हलवाईले १६ वर्षीया किशोरीलाई बसपार्क स्थिति रहेको अछामी होटल कोठामा चाकु देखाई डर–धाक लगाई जबरजस्ती करणी गर्न खोज्द निज पीडितले प्रतिकार गरेकी थिईन । पीडित किशोरीले प्रतिकार गरेपछि पीडक जुनेद हलवाईले ज्यानै मार्ने उद्देश्यका साथ किशोरीलाई  डोरीले घाँटी कसी बेहोस हुँदासम्म लात्ती, मुक्का, जुत्ताले पिडाई गरेको पीडितकी आमाले बताईन् ।


पीडितकी आमाका अनुसार छोरी होसमा आएर होटल कै रुमबाट चिच्याएपछि होटलवालाले थाहा पाएर उद्धार गरी अस्पताल पु¥याएका थिए । केही समयको आकस्मिक उपचारपछि उनलाई नेपालगन्जको एक संस्थामा राखिएको छ ।
घटना जानकारी भएलगत्तै पीडितकी आमाले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न गएको जानकारी गराउँदै माघ २५ गतेका दिन प्रहरीद्वारा जाहेरी दर्ता गरिएको बताईन् ।
‘बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि घाँटी च्यापी, डोरीले बाँधेर, लात्ती–मुक्काले हानेर बेहोस बनाए,’ पीडितकी आमाले भनिन्,– “मुख, नाक, कान, घाँटी, आँखा लगायत शरीरको अंगहरुमा गहिरो चोट लागेको र रगत निस्केको रुंदै बताईन् ।”
पीडितकी आमाका अनुसार छोरीसित भएको एक थान मोबाईल, आठ आना बराबर कानमा लगाएको सुनको झुम्का, ४ तोला बराबर हातमा लगाउने चाँदीको ब्रासलेटलगायतका सामान समेत पीडक जुनेद हलवाईले लगेको बताईन् ।
सोही घटना बारे आज विहिबार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानालाई भेटन डेलिगेशन गएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको जानकारी गराउँदै बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले ‘अभियुक्त भारततर्फ गएको जानकारी आईसकेको हुँदा अब छिट्टै उसलाई छिमेकी मित्रराष्ट्र भारतका प्रहरीमार्फत सहकार्य गरी पक्राउ गरिने’ बताउनुभयो ।
उक्त डेलिगेशनमा पीडितका बाजे, पत्रकार चन्द्रेश्वरराज त्रिपाठी, जयपती ढकाल, फुल्टेक्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक समिम कुरैसी, शिक्षक विरेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश श्रीवास्तव, समाजसेवी मदनराज शर्मालगायत सहभागी थिए ।

(पीडित बालिकाको गोपनियता रक्षाका लागि यस अघि प्रकाशित समाचार सच्चाइएको छ- सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *