
नेपालगन्ज, ८ माघ – तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न शुक्रबार नेपालगन्जमा स्लो बाईक प्रतियोगिता आयोजना हुने भएको छ । ट्राफिक नियममा रहेर सवारी साधान चलाउने शन्देश प्रवाह गर्न स्लो बाईक प्रतियोगिता शुुक्रबार आयोजना गरिन लागिएको छ ।
बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको छैठौं संस्करण गर्न लागिएको अायाेजकद्वारा जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र सक्सेस फोरमको संयुक्त सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा ४० बढी युवाहरूले सहभागीताका लागि नाम दर्ता गराएको आयोजक संस्थाले जनाएको छ ।
फोरमका संस्थापक अध्यक्ष सीता बोहराको समेत उपस्थिति रहेको पत्रकार सम्मेलनमा महासचिव बामदेव पोखरेलले सवारी दुर्घटना कार्य न्युनिकरणमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने आशासहित यो कार्यक्रम गरिन लागिएको बताउनुभयो ।
प्रतियोगिताको विजेताले १०,१०० द्धित्तिय हुनेले ५,१०० तृतिय हुनेले ३,१०० र सान्त्वना हुनेले २,१०० नगद पुरस्कार प्रदान गरिनेछ । २०६८ सालबाट यसखाले प्रतियोगिताको शुरुवात गरेको संस्थाले यो छैठौं सस्करण गर्न लागेको अध्यक्ष सुर्यमणि पोडेलले जानकारी दिनुभयो ।
