Monday, May 4सत्यम खबर
Shadow

नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नेपालगन्ज, २६ पाैष – नेपालगन्जमा संचालित नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवारदेखि संचालित प्रतियोगिताको आईतबार सम्पन्न खेलमा पुरुष युगलतर्फ अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडी प्रथम हुन सफल भए । दुबैले शिव सुनार र कृष्ण सलामीलाई २–१ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो ।
सोही ईभेन्टमा प्रकाश के सी र सुभाष सुवेदी तथा देव बहादुर बोहोरा र प्रकाश के सीको जोडी तृतीय भएको छ ।

प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः नगद रु १० हजार, ६ हजार र ३ हजारसहित कप, पदक तथा प्रमाण पत्र प्राप्त गरे । पुरुष एकलतर्फ सचिन चौधरी प्रथम शिव सुनार दोश्रो तथा सद्दाम शेष र राजेश वि सी तेस्रो हुनुभयो । महिला एकलतर्फ विपना थापा प्रथम, सुनिता शर्मा द्वितिय तथा निशा यादव र प्राची पौडेल तेस्रो हुनुभयो ।

त्यसैगरी पुरुष एकल लिग खेलतर्फ सहरोज अन्सारी प्रथम, शिव थापा द्वितिय तथा राहुल गुप्ता र विलाल वारिस तृतीय भएको आयोजकले जनाएको छ ।

विजयी खेलाडीहरुलाई ओलम्पियन तथा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, प्रदेश सभा सदस्य मो. याकुव अन्सारी, मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, वडा नं. १३ का वडाअध्यक्ष विरेन्द्र बहादुर शाह, प्रशिक्षक जयन्त कुमार श्रेष्ठ लगायतले पुरस्कार, पदक तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १३ को आयोजना, नेपाल लोकतान्त्रिक खेलकुद संघ र मध्यपश्चिम खेलकुद विकास समिति लुम्विनि प्रदेश नेपालगन्जको सह आयोजनामा प्रतियोगिता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *