Thursday, March 12सत्यम खबर
Shadow

प्रदेशसभा सदस्य हमाललाई सम्मान

नेपालगन्ज, १० पौष – गायत्री शक्तिपीठ बाँकेले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रमबीच शुक्रवार सम्मान गरेको छ ।
ओलम्पियन समेत रहेका बाँकेको निर्वाचन क्षेत्र नं.२ (क)बाट निर्वाचित हमाललाई आफ्नो क्षेत्रमा पु¥याएको योगदान बापत गायत्री शक्तिपीठ, जिल्ला समन्वय समिति बाँकेले सो सम्मान गरेको हो ।


आयोजकका तर्फबाट गायत्री अभियन्ता, समाजसेवी डा. विजय प्रधान तथा गायत्री शक्तिपीठ जिल्ला समन्वय समिति अध्यक्ष सत्यनारायण पाठकले प्रदेश सभा सदस्य हमाललाई दोसल्ला, खादा ओढाइ सम्मान गर्नुभएको थियो ।
त्यसैगरी आयोजकले योगदान पु¥याए बापत समाजसेवी, गायत्री अनुयायी प्रनिल हमाललाई पनि सम्मान गरेको थियो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य हमालले मानवताको क्षेत्रमा गायत्री शक्तिपीठले खेलेको भुमिकाको प्रशंसा गर्दै स्वस्थ समाजको निर्माणका लागि सबै धर्मको उत्तिकै महत्व र सहकार्य जरुरी रहने बताउनु भयो ।


जिल्लाका अन्य गायत्री शक्तिपीठका अगुवा, समाजसेवी लगायतको सहभागितामा सम्पन्न सो कार्यक्रममा गायत्री शक्तिपीठको समिक्षासहित आगामी कार्यक्रमबारे पनि चर्चा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा अनुयायी बच्नु झा, डा.विजय प्रधान , मनोजराजा श्रीवास्तव लगायतले धारणा राख्नुभएको थियो । अध्यक्ष सत्यनारायण पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन पदमबहादुर अर्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *