
नेपालगन्ज, १ श्रावण – तेरापंथ महिला मण्डल नेपालगन्जद्वारा श्री उत्सवको आयोजन हुने भएको छ । उक्त श्री उत्सवको आयोजनाको मुख्य उद्देश्य उद्यमी महिलाहरुलाई प्रोत्साहित गर्नु, स्थानीय ब्रण्डलाई बढावा दिनुका साथै हस्तनिर्मित उत्पादन, फैशन, गृह सज्जा -होम डेकोर), स्वास्थ्य -वेलनेस) तथा स्वादिष्ट व्यंजनों को प्रदर्शन स्टालमार्फत गर्नु रहेको छ ।
माण्डवारी महिलाहरुको अगुवाई यही श्रावण २ गते शनिबारको दिन नेपालगन्जमा सम्पन्न हुन गईरहेको उक्त श्री उत्सवमा विशेष गरी महिला उद्यमी, गृहकार्यमा कुशल, हस्तकलामा उत्कृष्ट महिलाहरुको प्रतिभालाई कसरी थप बल पु¥याउन सकिन्छ भन्ने रहेको बताईएको छ ।

श्री उत्सव महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने, स्थानीय ब्रान्डहरूको प्रवद्र्धन गर्ने, हस्तनिर्मित सामग्री, फेसन, गृह सजावट -होम डेकोर), स्वास्थ्य तथा वेलनेस, र स्वादिष्ट परिकारका स्टलहरू प्रदर्शन गर्ने उद्देश्यका साथ श्रावण २ गते शनिबार आयोजना हुन गई रहेको प्रतिभा सिंघीले जनाएका छन् ।
आयोजक संस्थाका संयोजक कुशुम दुगडका अनुसार श्री उत्सव महिलाहरूको कला, सीप, सिर्जनशीलता र स्वरोजगारलाई समर्पित विशेष उत्सवको रुपमा मनाईने बताउनुभयो ।
