Tuesday, March 31सत्यम खबर
Shadow

क्यान्सर पीडित बालकको मनाईयो जन्मदिन

नेपालगन्ज, ८ चैत्र – खजुरा गाउँपालिका वार्ड नं.–७ खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा दुई महिनाको उमेरदेखि क्यान्सर रोग पिडित बालकलाई बचाउन सफल भई पहिलो जन्मदिन मनाइएको छ ।

क्यान्सर रोग जस्तो गम्भीर रोगसँग जुधिरहेको बर्दिया जिल्लाका संगम चौधरी निर्दोष बालकको पहिलो जन्मदिन जीवनसँगको संघर्ष बीचको साहस र आशाको प्रतीक हो ।

मोरङ्ग जिल्लाको बिराटनगरका सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा ३ वर्ष देखि कार्यरत पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा.सुभाष मेहताका अनुसार क्यान्सर रोगबाट पीडित बर्दियाका संगम चौधरीलाई बचाउन सफल भएको बताउनु भएको छ । सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा संगम चौधरीको १२ महिना पुगेको हो त्यसले जन्म दिन मनाइएको छ ।

ढाई वर्ष अगाडी ४ बेडबाट शुरु भएको बाल क्यान्सर उपचार वार्ड आईसुसेटप ६ बेडको रहेको छ, जसमा २ महिनाका १ जना, २ वर्षका १ जना, ४ वर्षका १ जना, ६ वर्षका १ जना र १६ वर्षका १ जना ८ वर्षका १ जना जम्मा ६ जना रहेका छन् ।

मेन्टेनेस थेरापी १–१ महिनामा हुन्छ, घरबाट नै औषधी खान लगातार खाने, डेढ वर्ष सम्म, हस्पिटलमा नै ६ महिना देखि ८ महिना सम्म बस्नु पर्ने हुन्छ । डेढ वर्ष सम्म मेन्टेनेस थेरापी हुन्छ, घरमा औषधी खाने र इन्जैक्सन लगाउन चाही अस्पतालमा नै आउनु पर्छ । दुई मुनि देखि १० वर्ष सम्म ब्लड क्यान्सर थरी थरी हुन्छ ।

जन्म दिन कार्यक्रममा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा. ज्वलन्त पौडेल, पश्चिम नेपाल कै एकमात्र वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. निरज भट्टराई, वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा.सुभाष मेहता, अस्पतालका कर्मचारी र खजुरा रक्त संचार केन्द्रका प्रमुख होमराज गिरी लगायतको सहभागिता रहेको थियो ।

संगम चौधरीका अभिभावकले सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. सुभाष मेहता प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *