Tuesday, March 31सत्यम खबर
Shadow

महिला पुरुष गरी ४५ जनाले गरे रक्तदान

नेपालगन्ज, २ चैत्र – बर्दिया जिलाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर र यूनिक नेपाल नयाँ गाउँको संयुक्त आयोजनामा राजपुर नगरपालिका बर्दियाको संरक्षकत्व÷सहकार्यमा र उद्योगा बाणिज्य संघ राजापुर बर्दियाको सहयोगमा “स्वस्थ रगत सबैका लागि” मूल नाराका साथ रक्तदान तथा रक्तदाता सम्मान रक्तदान कार्यक्रमको आयोजनामा गरिएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा जनपद प्रहरी, सशस्त्र प्रहरी, ब्यवसायी र स्वंयंसेवी रक्तदाता महिला पुरुष गरी ४५ जनाले रक्तदान गरेका थिए ।

यूनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको प्रमुख आतिथ्य , बिशिष्ट राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, नेपाल रेडक्रस सोसाइटी बर्दियाका मन्त्री अजुर्न सुवेदी, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल अतिथि बाँके जिल्लाका शतक रक्तदाता पवन जायसवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोराज ढुंगाना, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल, बारबर्दिया नगर समितिका अध्यक्ष गंगाराम पाठकको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख दिपेश थारु, बिशिष्ट दशरथ बुढा, अर्जुन सुवेदी, पे्रमप्रसाद लम्साल शतक रक्तदाता पवन जायसवाल लगायतलले रगत संकलन गर्ने पाकेट प्राबिधिक महेश चौधरी र रामकुमार वर्मालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

युनिक नेपालका कार्यक्रम अधिकृत जगतराम चौधरीद्वारा सञ्चालित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुंगानाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख दिपेश थारुले शुभकामना मन्तव्यका सार्थैै औपचारिक कार्यक्रमको समापन गर्दै राजापुरका सम्पूर्ण नगरवासीहरुलाई रक्तदान गर्नका लागी अनुरोध गरेका थिए भने रक्तदान कार्यक्रममा राजापुर नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । यसरी सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल, शतक रक्तदाता पवन जायसवाल, नेरेसो बर्दियाका मन्त्री अर्जुन सुवेदी, राजापुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साल, राजापुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको कोषाध्यक्ष उमाकुमारी मल्ल, ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुंगाना, किशोर काफले, लक्षमण सुनार, भरत चौलागाईं, जंगली थारु, गाणेश थारु सन्तोष बिक, रबिन थारु, शरद चन्द, उमेश चौधरी, सोमप्रसाद चौधरी, आशिक श्रेष्ठ, चेतराज रेग्मी, सन्दिप थारु, प्रकाश चौधरी, सुशीला चौधरी, आनन्द सिंह, रमेश प्रसाद जैसी, मिलन रेग्मी, प्रमेश्वर थारु, पदमप्रसाद खनाल, लक्षमण थारु, अनिल सुवेदी, अनिता चौधरी, सत्य नारायण चौधरी, तिर्थबहादुर सिंह, सन्तोष थारु, जीवनकुमार चौधरी, राजपुर नगरपालिकाका नगर प्रमुखका स्वकीय सनिप रिजाल, महेशप्रसाद भट्ट, यमकुमार परियार, यूनिक नेपालका कार्यक्रम अधिकृत जगतराम चौधरी, कृष्णप्रसाद थारु, सजंय थारु, इतेन्द्र माझी, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुरका शिशिर शर्मा, संगम दहित लगायत ४५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा राजापुर रक्त संचार केन्द्रका प्राबिधिक महेश चौधरी र नेरेसो मधुवन ख उपशाखाका रामकुमार वर्माल प्राबिधिकमा सहयोग गरेका थिए भने अन्यमा युनिक नेपालका रामेश्वर थारु र अनिल नेपाल सहयोग गरेका थिए ।

आयोजित रक्तदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय राजापुर बर्दिया, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म राजापुर, बिकास प्रेमी युवा समूह, नेपाल रेडक्रस सोसाइटी राजापुर क र ख, नेपाल औषधी ब्यवसायी संघ, ब्रह्मा कुमारी बिश्व बिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र राजापुर बर्दिया, भू.पु. सैनिक ईकाइ समिति राजापुर बर्दियाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुंगानाले खादा लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *