Tuesday, March 31सत्यम खबर
Shadow

साहू समाजकाे होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालगन्ज, ३० फागुन – फागु पुर्णिमा अर्थात सद्भावकाे हाेली फागुन १९ गते थियाे तर चन्द्र ग्रहणले गर्दा २० गते नेपालगन्जमा भब्य रूपले मनाईएकाे थियाे । हाेलीपछि हाेली मिलनकाे कार्यक्रम यसपटक थाेरै संघसंस्थाले मनाउने माैका पाए साेही मध्ये एक हाे साहु समाज ।

साहु समाज केन्द्रीय कार्यसमितिले आज आफ्नै साहु समाजद्वारा बनाईएकाे धर्मशालामा भब्य रूपले हाेली मिलन समाराेह मनाएकाे छ ।

साहू समाज समिती परिवार, साहू समाज युवा समिती परिवार तथा मिथिला सेवा समितीको संयुक्त आयोजनामा आज होली मिलन कार्यक्रम धूमधामका साथ सम्पन्न भएको सचिव प्रदीप शाहले बताउनु भयाे ।

कार्यक्रममा मिथिला सेवा समितीका अध्यक्ष रामलोचन साह, वैश्य समाजका भूतपूर्व अध्यक्ष नन्दलाल वैश्य, सोनी समाज समितीका उपाध्यक्ष राम प्यारे वर्मालगायत विभिन्न समाजका अगुवा तथा मित्रहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रङ, उमंग र भाइचाराको वातावरण बीच आयोजित कार्यक्रममा सहभागीहरूले एक–अर्कालाई अबिर लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए। साे अवसरमा समाजबीच आपसी एकता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

साहू समाजका सचिव प्रदीप शाहका अनुसार विभिन्न समाजका प्रतिनिधि तथा स्थानीयको सहभागितामा कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको हो।

होली पर्वले समाजमा प्रेम, सद्भाव र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *