Wednesday, March 11सत्यम खबर
Shadow

नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

नेपालगन्ज, २७ फागुन–नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा नेपालगन्ज मोडल एकेडेमी (एन.एम.ए.) ले मंगोलियन स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।

‎खेलमा पहिले ब्याटिङ गरेको मंगोलियन स्पोर्ट्स क्लब ले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो। टोलीका लागि दीपेश शाही ले सर्वाधिक १९ रन जोडे भने अफ्रोज खान र बिभिन्न खेलाडीहरूले सानो–सानो योगदान दिएका थिए।

‎११७ रनको लक्ष्य पछ्याएको नेपालगन्ज मोडल एकेडेमी ले संयमित ब्याटिङ गर्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका लागि पारस देवकोटा ले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ५३ रनको आकर्षक अर्धशतक प्रहार गरे। उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए।

 

‎त्यसैगरी बिवेक पुन मगर ले १९ रनको महत्वपूर्ण योगदान दिए भने अनिल घिस्टिङ अविजित १२ रन र शिवा केसी अविजित ४ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए।

‎उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि पारस देवकोटा खेलको प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत अन्य खेलहरू पनि नेपालगन्जमा जारी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *