Thursday, February 12सत्यम खबर
Shadow

सुमन मल्लको चुनावी अभियान तीव्र, दोस्रो चरण माघ ४ देखि

खजुरा, २९ माघ – नेकपा एमालेले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार सुमन मल्लसहित पहिलो चरणको चुनावी अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । पार्टीले निर्वाचन क्षेत्रभित्रका २४ वडामध्ये अधिकांश वडामा उम्मेदवार मल्लसहित कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीका अनुसार पहिलो चरणमा पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो । यस चरणमा स्थानीय नेता–कार्यकर्तालाई सक्रिय बनाउँदै चुनावी वातावरण निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो ।

यसैबीच बिहीबार बसेको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले माघ ४ गतेदेखि सुरु हुने दोस्रो चरणको अभियानको विस्तृत योजना तयार गरेको छ । दोस्रो चरणमा घरदैलो, टोलस्तरीय मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रमलाई प्राथमिकता दिइने निर्णय गरिएको छ ।

बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज आरती पौडेल, लेखा आयोग सदस्य बिजया धिताल,पुर्व जिल्ला अध्यक्ष किस्मत कक्षपति लगायत नेताहरूले बाँके–३ मा एमाले उम्मेदवार सुमन मल्लको पक्षमा उत्साहजनक जनसमर्थन देखिएको उल्लेख गर्दै जित सुनिश्चित देखिएको बताउनुभयो ।

नेताहरूले दोस्रो चरणको अभियान अझ प्रभावकारी बनाउँदै प्रत्येक मतदातासम्म पुग्ने रणनीतिसहित चुनावी मैदानमा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *