Wednesday, February 4सत्यम खबर
Shadow

जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

नेपालगन्ज,  १९  माघ – पार्टीकाे विधान विपरित गई नेकपा एमाले सुर्य चिन्ह लिई बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरि चुनावमा हाेमिका पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईलाई पार्टीले कार्वाही गर्दै पार्टीकाे महासचिव लगायत सबै जिम्मेवारी र सदस्यबाट समेत सबै हटाएकाे जनाएकाे छ ।

जनता समाजवादी पार्टीले आज विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गरेको भन्दै राईलाई पद तथा सदस्यताबाट निष्कासित गरिएको विज्ञप्ती मार्फत जनाएकाे छ ।

जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको जनाएको छ। सोही अनुसार निर्वाचन आयोगमा दर्ता गरी उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय रहेको पार्टीले उल्लेख गरेको छ । तर नेपालगन्ज उपमहानगरपालिका–१५, बाँके निवासी तथा जसपाका महासचिव मोहम्मद इस्तियाक राईले पार्टीको आधिकारिक निर्णय विपरीत नेकपा (एमाले) को चुनाव चिन्ह “सूर्य” बाट उम्मेदवारी दर्ता गरी क्षेत्र नम्बर २ बाट चुनाव लडिरहेका छन् ।

Oplus_16908288

साथै, उनले पार्टीले दिएको जाँतो चुनाव चिन्हको उम्मेदवार मनोनयन पत्रको समेत दुरुपयोग गरेको पुष्टि भएको पार्टीले जनाएको छ। पार्टीका अनुसार राईले सूर्य चिन्हबाट उम्मेदवारी दर्ता गराएको मितिदेखि लागू हुने गरी उनलाई महासचिव सहित पार्टीका सम्पूर्ण जिम्मेवारी तथा सदस्यताबाट हटाइएको हो। राईले आफ्नो स्वार्थका लागि पार्टीको नीतिसमेत बेच्ने गरेको नेताहरु बताउँछन् ।

चुनाव जित्नका लागि उनले जतिबेला जुन सुकै पार्टीसंग पनि मिल्न थालेपछि मधेश मुद्दा ओझेलमा परेको भन्दै मुस्लिम तथा मधेसी जनता राईसंग रिसाउन थालेका छन् । राईलाई कारबाही गरेपछि उनीसंग पछि नलाग्न आफ्ना नेता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेत जसपाले आग्रह गरेको छ ।

यता पार्टीले महासचिवबाट राईलाई हटाएपछि उनी पछाडी लगेका नेता तथा कार्यकर्तामा अन्याैलता छाएकाे छ । उनीहरू पार्टी विपरित कार्य गरे कारवाहीमा परिने निश्चित रहेकाे स्राेतले दाबी गरेकाे छ ।

निर्वाचनमा राईलाई सघाएको पाइए प्रदेश सांसद, पालिका अध्यक्ष तथा वडा अध्यक्षहरु, सदस्यहरु सबैलाई कारबाही हुने जसपाले चेतावनी समेत दिएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *