Wednesday, December 24सत्यम खबर
Shadow

सञ्चारकर्मी जयसवालले गरे १०६ पटक रक्तदान

नेपालगन्ज, १२ मंसिर – बाँकेका शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवालले आज शुक्रवार (२८ नवम्बर २०२५) को १०६ पटक रक्तदान गरेका छन् ।

बाँके र बर्दिया जिल्लामा अहिलेको रनिङ्गको समयमा पहिला रक्तदाताको रुपमा रहेका छन् । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँ निवासी शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवाल मधेशी समुदायका हुन । उहाँ नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिको सल्लाहकार, हिमालिनी अनालाईन, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नयाँ नेपाल अवधी पृष्ठ लगायतमा आवद्ध रहेका छन् ।

उहाँले आज शुक्रवारको १०६ वीं बार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा १०६ पटक रक्तदान गरेको फाराम नं. ३५०७ रहेको छ । रक्तदानमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका महेश रानाक्षेत्रीले प्राविधिक सहयोग गरेका थिए भने प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीको बिशेष उपस्थितिमा, प्राविधिक शान्ति धनाडी, श्रृष्टि चौधरी लगायतको सहभागिता रहेको थियो ।

उहाँले ने मितिः(बि.सं.२०४६ साल असोज ४ गते बुधवारका दिन नेपालगन्ज जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गरेका र शुरुवात त्यहीबाट भएको हो र आमेन्द्र जायसवाल मामाले रक्तदान कार्यमा मलाई हौसला प्रदान गर्नु भएको थियो । बाँके र बर्दिया जिल्लामा विभिन्न संघ संस्थाँद्वारा आयोजना गरिदैं आएको रक्तदान कार्यक्रममा आफू गएर स्वयं रक्तदान गर्ने र रक्तदान गर्नका लागी स्वयंसेवी रक्तदाताहरुलाई उत्प्रेरणा दिने कार्य पनि गरिदैं आएको बताएका छन् ।

नरैनापुर गा.पा. निवासी हसिना बानौंको उपचार नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१८ भुजईगाउँ स्थित बुद्धचौकमा रहेको सिटी केयर हस्पिटलमा उपचार्थ रहेकी छिन् । हसिना बानौंलाई एक पिन्ट रक्तदान गरी सहयोग गर्ने अवसर प्राप्त भएको हो शतक रक्तदाता पवन जायसवालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *