
नेपालगन्ज, ३ मंसिर – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत बीच प्रदेश विशेष खस भाषाको समाचारमूलक रेडियो कार्यक्रम र प्रदेश गतिविधि सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सम्झौता सम्पन्न भएको छ ।
सो रेडियो कार्यक्रम ले प्रदेश कोे सूचना प्रवाहलाई संस्थागत, प्रभावकारी र सहज बनाउने प्रदेशको पहिचान, सेवा–सुविधा, नीति–कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयहरूलाई नागरिक समक्ष छिटो छरितो समय मै र विश्वसनीय रूपमा पु¥याउने मार्ग प्रशस्त गरेको छ । प्रदेश सरकारका कार्यक्रम, योजना र गतिविधिहरूलाई रेडियो नेपालले व्यावसायिक ढंगले उत्पादन गर्नेछ ।
स्थानीय तह, सार्वजनिक सेवा वितरण, नागरिक सरोकार, कानुनी सचेतना, विपद् व्यवस्थापन, सुशासन जस्ता विषयमा कार्यक्रम उत्पादन र प्रसारण गरिने छ । सो अवसरमा आंतरिक मामिला तथा कानून मन्त्रालय का निमित्त सचिव उत्तम गौतम ले रेडियो कार्यक्रमले नागरिक–सरकार बीच कोे सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको बताउनु भयो ।

उहाँले रेडियो नेपालको प्राविधिक क्षमता, दक्ष जनशक्ति र प्रसारण पहुँचकोे उपयोग गर्दै प्रदेशभरी सार्वजनिक सूचनाको पहुँच विस्तार हुनेमा विस्वास रहेकोे बताउनु भयो । प्रादेशिक प्रसारण केन्द्र रेडियो नेपाल सुर्खेत का प्रमुख विजय वर्माले कर्णाली प्रदेश सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई अझ बलियो बनाउँदै नागरिक–मैत्री सञ्चार, सूचनाको पहुँच, पारदर्शिता र सार्वजनिक सेवा प्रभावकारिता लाई थप मजबुत बनाउने बताउनु भयो ।
कर्णाली प्रदेश सरकार को उक्त दुबै कार्यक्रमहरु लाई उच्च प्राथमिकताका साथ रेडियो नेपालले उत्पादन तथा प्रशारण गर्ने र प्रदेश कोे कृषि, पर्यटन, उद्योग, सामजिक विकासका मुद्दाहरू लाई प्रमुखता दिइने छ । खस भाषाकोे संरक्षण सम्वद्र्धन गरि लोक संस्कृति को जगेर्ना गर्ने उद्देश्य रहेको छ ।
