
नेपालगन्ज, ९ कार्तिक – नेपालगन्जको रामलीला मैदानमा आजदेखि पाँच दिवसीय निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ को वैद्धिक मन्त्र साथ उदघाटन गर्दै शुभारम्भ गरिएको छ ।

आज आईतबार बिहानदेखि आयोजित निःशुल्क योग शिविरमा १५ देखि ३० वर्ष उमेर समूहका युवा–युवती, विद्यार्थी तथा शिक्षक एवं आमन्त्रीतहरूको उल्लेखिय सहभागिता रहेको थियो ।

निःशुल्क योग शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले योग जीवनमा अति आवश्यक रहेको बताउँदै उनले ‘हामीले प्रयोग गर्ने सबै वस्तुको ध्यान दिने गरेका हुन्छौं तर थोरै समय निकालेर आफ्नो स्वास्थ्यको समेत ध्यान दिन सके हाम्रो जीवन धन्न हुने बताउनु भयो ।’

प्रमुख अतिथि बिष्टले उदाहरण दिंदै हामीसित भएको कार सर्भिसि·को लागि जसरी महिना, १५ दिनमा एकपटक ग्यारेल लग्ने गरेका हुन्छौं त्यसैगरी जीवनमा दैनिक स्वास्थ्य रहन योग आवश्यक रहेको बताउनुभयो ।

आयोजित शिविरको मुख्य उद्देश्यमा संस्कार, संस्कृति र स्वाभिमानसहितको योग शिक्षा प्रदान गर्ने, युवाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त बनाउने, वैदिक जीवनशैली र प्राचीन ध्यान विधिको अभ्यास गराउने लगायत बारे प्रशिक्षण प्रदान गरिने पाँच दिवसीय योग शिविरको अध्यक्षता ग्रहण गरेका युवा नेपाल समिति, लुम्बिनी प्रदेश संयोजक दुर्गाप्रसाद चौधरीले जानकारी गराउनुभयो ।

संयोजक चौधरीका अनुसार अष्टाङ्ग योगको परिचय र अभ्यास, प्राचीन ध्यान विधिबाट मन शान्त गर्ने तरिका, एकाग्रता र स्मरण शक्ति वृद्धिका विधिहरू, आयुर्वेद र जडीबुटीसम्बन्धी ज्ञान, वैदिक संस्कृति तथा जीवनशैलीको जानकारी, हवन (देवयज्ञ) विधि, फाइदा र दैनिक अभ्यास, आत्मरक्षाका प्रारम्भिक योगाभ्यासका साथै सङ्गीतमय व्यायामहरूमा सूर्य नमस्कार, भूमि नमस्कार, सर्वाङ्ग सुन्दर व्यायाम, मास पीटी, डम्बेल व्यायाम, तालबादनका विविध अभ्यासहरू सहभागीहरूलाई ५ दिनसम्म सिकाईने बताउनुभयो ।

निःशुल्क योग शिविर कार्यक्रममा प्रमुख अतिथीमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, विशिष्ठ अतिथिमा प्रमुख प्रशिक्षकको रुपमा यूवा नेपाल समितिका केन्द्रिय प्रभारी साध्वी देवविजया, अतिथिहरुमा प्रशिक्षक एवं यूवा नेपाल समितिका राष्ट्रिय प्रशिक्षक अजिता वस्ताकोटी, प्रशिक्षक एवं यूवा नेपाल समितिका राष्ट्रिय प्रशिक्षक नवराज खत्री, प्रशिक्षक एवं यूवा नेपाल समिति वागमती प्रदेश संयोजक कुमार श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मी, नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुन, नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद चिकित्सक डा. शिवराज सुवेदी, विश्व हिन्दु परिषद नेपालका महिला विभाग प्रमुख कृष्णादेवी पाण्डेय, कृष्ण मुरारी प्रसाद भट्ट, मानव अधिकार तथा शान्ती समाज बाँकेका घनश्याम वैश्य, कशौधन बैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्य, स्वर्णकार समाज बाँकेका अध्यक्ष संजय सोनी, पतंजलि योग समिति नेपालका केन्द्रिय सदस्य योगाचार्य नरकान्त जोशी, पतंजलि योग समिति नेपालका आजिवन सदस्य तथा लुम्बिनी प्रदेश सहप्रभारी धर्मराज पोखेल, पतंजलि योग समिति बाँकेका अध्यक्ष हरपाल सिंह, महिला पतंजलि योग समिति बाँकेका अध्यक्ष कमलाकान्ती पौडेल, पतंजलि योग समिति नेपालका आजिवन सदस्य तथा युवा नेपाल समिति बाँके अध्यक्ष ईच्छाराम यादव, वरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य , सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठीलगायतको सहभागिता रहेको थियो ।

उक्त निःशुल्क शिविरको आयोजनामा तिहारमा लेखिएको दैउसी भैलोको पैसाबाट आयोजना गरिएको आयोजकद्वारा जनाईएको छ । ३ दिनको दैउसी भैलोबाट करीब ८० हजार रकम संकलन गरिएको जनाईएको थियो ।
पुरा भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस
