Monday, November 3सत्यम खबर
Shadow

भाेलिदेखि पाँच दिने नि:शुल्क याेग शिविर, सहभागिताकाे लागि सम्पुर्णमा अनुराेध

नेपालगन्ज, ८ कार्तिक – नेपालगन्जको रामलीला मैदानमा पाँचदिने निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ भाेलि आईतबार बिहानदेखि सञ्चालन हुने भएको छ ।

भाेलि बिहानदेखि आयाेजित निःशुल्क याेग शिविरमा १५ देखि ३० वर्ष उमेर समूहका युवा-युवती, विद्यार्थी तथा शिक्षकहरूकाे सहभागिता रहने आयोजकद्वारा जनाईएकाे छ ।
आयाेजित शिविरको मुख्य उद्देश्यमा संस्कार, संस्कृति र स्वाभिमानसहितको योग शिक्षा प्रदान गर्ने, युवाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त बनाउने
वैदिक जीवनशैली र प्राचीन ध्यान विधिको अभ्यास गराउने लगायत बारे प्रशिक्षण प्रदान गरिने प्रशिक्षक दिलिप दीक्षितले बताए ।
प्रशिक्षक दीक्षितका अनुसार अष्टाङ्ग योगको परिचय र अभ्यास, प्राचीन ध्यान विधिबाट मन शान्त गर्ने तरिका, एकाग्रता र स्मरण शक्ति वृद्धिका विधिहरू, आयुर्वेद र जडीबुटीसम्बन्धी ज्ञान, वैदिक संस्कृति तथा जीवनशैलीको जानकारी, हवन (देवयज्ञ) विधि, फाइदा र दैनिक अभ्यास, आत्मरक्षाका प्रारम्भिक योगाभ्यासका साथै सङ्गीतमय व्यायामहरूमा सूर्य नमस्कार, भूमि नमस्कार, सर्वाङ्ग सुन्दर व्यायाम, मास पीटी, डम्बेल व्यायाम, तालबादनका विविध अभ्यासहरू सहभागी प्रशिक्षार्थीहरूलाई सिकाईनेछ ।


शिविरमा सहभागिताका लागि १५ देखि ३० वर्ष उमेर हुनुपर्ने, सेतो टि-सर्ट र निलो ट्राउजर (अनिवार्य), डायरी र पेन साथमा ल्याउनु पर्ने छ । भने सहभागी प्रशिक्षार्थीहरूलाई खाना र बस्नमा कुनै शुल्क नलाग्ने जनाईएकाे छ ।

आयाेजकद्वारा पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपालका सबै केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा तथा साधना केन्द्रका पदाधिकारी, आजीवन सदस्य, योग शिक्षक, साधक-साधिकाहरूलाई योग्य युवाहरूलाई सहभागी गराउन विशेष अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *