Sunday, September 28सत्यम खबर
Shadow

भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

नेपालगन्ज, ८ भदाैं – मित्र राष्ट्र भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई सम्मानित गर्दै अवधी पत्रकार संघ नेपाल (नाजा)ले कजरी तीज पर्व २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष समीर अलि सलमानीले गरेका थिए भने नाजाका केन्द्रीय सदस्य चन्दा सिंहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।

 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै भने, “समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ। पत्रकारमाथि समाजमा उठेका प्रश्नहरूको जवाफ हामीले आफ्नो कर्म र कामबाट दिनुपर्छ।”

पत्रकार महासंघ लुम्बिनि प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारीले नेपाल र भारतबीचको रोटी–बेटीको सम्बन्धलाई उजागर गर्दै पत्रकारको लेखनले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताए।

अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमालले तीज पर्वको शुभकामना व्यक्त गर्दै पर्वको नाममा भित्रिएका विकृतिहरू गलत भएको भन्दै परम्परागत रीतिरिवाज अनुसार तीज मनाउनुपर्नेमा जोड दिए ।

भारतीय पत्रकार फराज अन्सारीले सहभागिताको अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै भने, “हामी मित्रराष्ट्र मात्र नभएर असल छिमेकी पनि हौँ। यस्ता कार्यक्रमले हाम्रो पुरातन सम्बन्धलाई थप प्रगाढ बनाउँछ।”

 

उद्योग वाणिज्य संघ नेपालगन्जका पूर्वअध्यक्ष नन्दलाल बैश्य, प्रेस चाैतारीका केन्द्रय सदस्य सकिल अहमद कादरी लगायतले कजरी तीजकाे शुभकामना तथा मित्र राष्ट्रका पत्रकारहरूले सकारात्मक पक्षमा कलम चलाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष राकेश मिश्र, संस्थापक सूर्यलाल यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा रेडियो प्रसारक संघ एकोराब र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष मोहम्मद आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरि, अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, अवधी पत्रकार संघका पूर्वअध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी, पूर्वअध्यक्ष नन्दलाल साहू, कोषाध्यक्ष चंदा सिंहलगायतको उपस्थिति थियो।

 

कार्यक्रमको सञ्चालन सन्ध्या शर्माले गरेकी थिइन् भने अवधी हास्यव्यंग्य कलाकार शिवप्रसाद पाठकले कविता वाचन गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *