Wednesday, December 24सत्यम खबर
Shadow

सार्वजनिक सञ्जालमार्फत नै पुरानो इतिहास मेटाउन पाईन्न, जुँगे महादेवको मुर्ति स्थापित परी प्राण प्रतिष्ठा गराउन मेयर बिष्टसँग माग

नेपालगन्ज, ३१ असार – हिन्दु सनातनी धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बागेश्वरी मन्दिर प्रा·ण भित्र शिवालयमा स्थापना हुन गईरहेको भगवान शिवको मुर्ति ।

करीब २ वर्ष अगाडी सो शिवालयलाई जिर्णोद्वारा गरिने भनी नेपालगन्ज उपमहानगरपालिकाले पहलकदमी गरेको थियो । सो पहलकदमी पछि उक्त शिवालयको सम्पूर्ण संरचनाहरु हटाई नयाँ स्वरुप प्रदान गरिएको छ भने सो मन्दिरमा अवस्थित रहेका भगवान शिवको जूँगे स्वारुपलाई नै कायम राख्ने भनी पटक पटक स्थानीयहरुको चाहना अनुसार नै गरिने भनी सार्वजनिक प्रतिबद्धता समेत जनाईएको थियो ।

सोही मुर्ति स्थापित गर्ने विषयमा केही समय अगाडी मात्र अर्को मुर्ति स्थापित हुँदा विवाद उत्पन्न भई नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टद्वारा अष्टधातुको मुर्ति वा इतिहास बोकेको जुँगे महादेवको पुरानो मुर्ति नै विधिवत प्राण प्रतिष्ठा गरिने भनिएको थियो ।

तर पुनः अष्टधातुको मुर्ति स्थापित गरी यही श्रावण ५ गते भित्र प्राण प्रतिष्ठा गर्ने तयार गरिएको बेला सनातनी आस्थावानहरुले इतिहास मेटाउन पाईन्न भन्दै सार्वजनिक सञ्जालमा विषय उठान गरेपछि सत्यम्खबर डटकमको आधिकारिक पेजबाट जनभावना अनुसार प्रश्न गरेको थियो ।

सो जिज्ञासा मेटाउँदै सार्वजनिक सञ्जाल प्रयोगकर्ताहरुले ३१ हजार ८८ जनाले देखाका छन् भने ६ सय ६२ जनाले लाईक गरेका छन् । त्यसैगरी २८ जनाले शेयर गरेका छन् भने ५५ जनाले कमेन्ट गरेका छन् ।

नयाँ वा पुरानो कुन मुर्ति राख्ने प्रश्नमा ५५ जनाले नै इतिहास मेटाउन पाईन्न भन्दै जुँगे महादेवको पुरानै मुर्ति स्थापित गरी प्राण प्रतिष्ठा गर्ने माग राखेका छन् ।
यसबारे थप जानकारी सहित उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले आउने विहिबार साक्षात्कारमार्फत जानकारी गराउने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *