Thursday, May 28सत्यम खबर
Shadow

५ लाख बराबर अवैध पटाका बरामद

नेपालगन्ज, २१ कार्तिक – बा“के प्रहरीले ठुलो मात्रामा पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत ५ लाख मूल्य बराबरको अवैध पटका सार्वजनिक गरेको छ ।
तिहार नजिकिएसँगै भारतबाट पटका ल्याउने क्रम पनि बढेको छ । बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले नौ पेटी पटाका बरामद गरेको बताउनुभयो ।


प्रहरीका अनुसार जमुनाहा भएर मोटरसाईकलमा पटाका ल्याइएको थियो ।
त्यस्तै दश किलो चार सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।
लागु औषध नियन्त्रण व्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका वडा नं–८ को सनौलो टोलबाट अफिमसहित तिलकबहादुरा शाही पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *