Friday, November 22सत्यम खबर
Shadow

डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा एक नेपालीसहित चार जना चिनियाँ नागरिकको मृत्यु

काठमाण्डौ, २३ साउन – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो । बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ ।
‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन ।’
उनकाअनुसार हेलिकप्टरका पाइलट नेपाली नागरिक हुन् भने चार जना यात्रु चिनियाँ नागरिक हुन् । हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शवको प्रकृति हेरेर पोस्टमर्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइने सेतोपाटीलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *