Thursday, December 12सत्यम खबर
Shadow

ट्राफिक प्रहरीबाट कुटिए सर्बसाधारण

नेपालगन्ज, ९ असार – नेपालगन्जको काँरकाँदो चौकमा एक सर्बसाधारण ट्राफिक प्रहरीबाट कुटिएका छन् ।
आईतवार बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका १७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देबराज सापकोटा ट्राफिकका प्रहरी सहायक निरिक्षक प्रकाश बि.क.बाट कुटिएका हुन् ।
आफ्नै व्यक्तिगत प्रयोजनका लागि बाटोको भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उल्लघन गरि मोटरसाईकलमा आएका प्रहरी सहायक निरिक्षक बि.क.ले आफ्नो भिडियो खिचेको भन्दै मोवाईल नियन्त्रणमा लिई मोवाईलमा रहेका भिडियोहरु डिलिट गरेका थिए । सापकेटा डोजरको पम्प बनाउन नेपालगन्ज आएका थिए ।
पीडित सापकोटाका अनुसार, आफुले आफ्नै व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको बताउँदा, बताउँदै ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काँरकाँदौबाट बसपार्क स्थित बिद्युत प्राधिकरण भित्र रहेको अस्थाई प्रहरी बिटमा लगेर कुटपिट गर्नुका साथै उनकोे सवारी चालक अनुमति पत्र लगि दिएका छन् ।
आफु मुटु रोगी भएको उल्लेख गर्दै पीडित सापकोटाले अनाहकमा आफुलाई कुटपिट गरिएको बताए । कुटाईबाट उनी घाईते भएका छन् । यस बारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता नारायण डाँगीले सत्य, तथ्य बुझि आवश्यक कार्वाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *