
नेपालगन्ज, १३ जेठ – बौद्ध महिला संघ नेपालगन्ज बाँकेद्वारा सप्ताह ब्यापी कार्यक्रममा विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाएका छन् ।
सप्ताहब्यापी कार्यक्रम अन्तर्गत कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना, कल्पबृक्षदान जस अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारीटोलमा रहेको नेपाल आधारभूत बिद्यालयका २ र ३ कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई र स्थानीय १० वर्ष मुनिका बालबालिका लगायत १ सय ५ जनालाई घरायसी सामाग्री, भाँडा, स्टेस्नरीका समानहरु, बुद्धभगवानको मूर्ति लगाउनका लागी सामानहरु बितरण गरिएको थियो ।

बुद्ध जयन्तीको दिनमा बुद्ध भगवानको मूर्ति सहित नेपालगन्ज नगरको परिक्रमा गरी ¥याली निकालिएको थियो । सो अवसरमा यशोधरा बौद्ध महिला संघ बाँके, झिगु शाक्य पुचः तथा हर्षकीर्ति बिहारले बुद्ध जयन्तीको दिनमा प्रसाद वितरणको कार्यक्रम गरेको थियो भने सोही दिन साँझा ६ बजे भेरी अस्पताल नेपालगन्जमा रहेको बुद्ध भगवानको मूर्तिमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा महिला तथा पुरुषहरुले ¥यालीमा सहभागी भई भव्यका साथ मनाएको यशोधरा बौद्ध महिला संघ बाँकेकी आजीवन सदस्य मीना तुलाधरले जानकारी गराउनु भएको छ ।

