Thursday, November 21सत्यम खबर
Shadow

दुई दिने आर्य प्रशिक्षण सम्पन्न (फोटोफिचरसहित)

नेपालगन्ज, ३० बैशाख – आर्य समाज नेपालगन्ज बाँकेले दुई दिने आर्य प्रशिक्षण सत्र शनिबार नेपालगन्जमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा धार्मिक, साँस्कृतिक, परम्परा, रीवाज कसरी जोगाउन सकिन्छ भन्ने बारे प्रशिक्षण सहभागीहरुलाई दिईएको थियो ।


कार्यक्रममा ‘मेरो जीवन के हो, जीवनमा सबभन्दा बढी महत्वपूर्ण के छ ? ईश्वरको अस्तित्व छ वा छैन ?, धर्म के हो, मत, पंथ, सम्प्रदाय के हो ?, भाग्य के हो तथा यसलाई कसले लेखेको छ ?, भूत–पिचास, डाकिनी–शाकिनी, जिन्न आदि हुन्छन् वा हुँदैनन् ?, हाम्रो देशप्रति हाम्रो कर्तव्य के हो ? युवा–युवतीहरुलाई पाखण्डबाट जोगाउन के उपाय छ ? शुखी जीवन, उन्नत समाज तथा वैभवशाली राष्ट्र बनाउन के उपाय छ ?’ लगायत बारे प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा सुभाष आर्य, मञ्जू आर्य, राजेन्द्र केवट, संगीता केवट, सोनू गुप्ता, बिशाल,गुप्ता, राजितराम यादव, देवनन्द यादव, मुन्नी केवट, बिपिन वैश्य, अनमोल गुप्ता, अमित गुप्ता, पंकज सोनी, सुदीप गुप्ता, आर्य समाज के प्रधान राजूमान आर्य, प्रकाश भंडारी, दुर्गेश साहू, आरती यादव, शिवराज शाहूलगायत नेपालगन्जबाट सहभागी भएका थिए ।


यसैगरी बाँके बाहिरका जिल्लाबाट टीकापुरबाट टीकाराम शास्त्री, दांग जिल्लाबाट प्रेम आर्य, भारतको उत्तरप्रदेश बाराबंकीबाट दिलीप आर्य, हरीश आर्य, बहराइचबाट लक्मन आर्य, वैदिक विद्धवान चंडीगडबाट कुलवीर आर्य, मुज्जफरनगर नगरबाट कुमार मुनि आर्य, रुपईडीहाबाट सोनू सोनू, रविन्द्र सोनी, गोण्डाबाट बिनोद आर्य, नानपाराबाट मोहित आर्य, किशन केवट, बिनोद गुप्ता, जानकीबाट शंकर यादवलगायत १०० बढीको सहभागिता रहेको आयोजकद्वारा जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *