नेपालगन्ज, ३ बैशाख – छिमेकी मित्र राष्ट्र भारतको उत्तरप्रदेश बहराइच जिल्लाको नगर पञ्चायत रुपैडिहामा आज २ सय ५१ जना बालिका (कन्या) हरुको सामूहिक पूजा गरी भोज कार्यक्रम सम्पन्न गरिएको छ ।
आज रुपैडिया स्थित स्थानीय सरस्वती विद्या मन्दिर विद्यालयमा २ सय ५१ बालिकाको पुजा भोज कार्यक्रम आयोजना गरिएको थियो ।
चैत्र नवरात्रिको सप्तमीका दिन आज सोमबार विद्यालयको प्रांगणमा कार्यक्रमको आयोजना गरिएको हो । विद्यालय प्रांगडमा सबैभन्दा पहिले भारत माता र भगवान श्रीरामको आरतीपछि रुपैडिहा शान्ति स्टोरका निर्देशक अनिल अग्रवाल, कन्हैया वर्मा, शेरसिंह कासोधन, गज्जु सोनी आदिले सबै बालिकाको खुट्टा पानीले धोएका थिए ।
त्यसपछि (बालिकाहरु) युवतीहरुको निधारमा कुमकुम तिलक लगाएर चुनरी उपहार प्रदान गरी भोजपछि सबै बालिकाहरूलाई चस्मा, टिफिन र दक्षिणा प्रदान गरिएको थियो ।
आरएसएसका सर्वेश कुमारले पनि भगवा गम्छा फुकेर आएका सबैलाई सम्मान गरेका थिए । सो अवसरमा आचार्य दयाशंकर शुक्ला, अञ्जली मित्तल, रामजी सोनी, सन्तोष शुक्ला, श्याम मिश्र लगायतका हिन्दू विचारकहरुको उपस्थिति रहेको जनाईएको छ ।