Thursday, April 30सत्यम खबर
Shadow

गायत्री प्रज्ञा शक्तिपीठमा शिव प्राण प्रतिष्ठा सम्पन्न

नेपालगन्ज, २५ फागुन – आज महाशिवरात्रीको पावन अवसरमा ११ कुण्डीय गायत्री महायज्ञ, श्री शिव महापुराण कथा तथा श्री शिव प्राण प्रतिष्ठा कार्यक्रमको भोलि शनिबार समापन हुने भएको छ ।
गायत्री प्रज्ञा अभियान अमिला कुट्टी स्थित ६ दिवसीय कार्यक्रमको भब्य आयोजना गरी फागुन २१ गतेदेखि निरन्तर हवन कार्यक्रम सञ्चालन रहँदै आईरहेको अवस्थामा आज महाशिवरात्रीको अवसरमा गायत्री मन्दिरमा स्थापना गरिएको भगवान शिव परिवारको मुर्ति स्थापना गरी प्राण प्रतिष्ठा भब्य रुपमा सम्पन्न गरिएको छ ।


गायत्री प्रज्ञा अभियानद्वारा गराईएको जानकारी अनुसार फागुन २१ गते बिहान ९ बजे भब्य शोभा यात्रा निकाली सायं ४ बजेदेखि विशिष्ठ आवाहन पूजनको साथ श्री शिवमहापुराण कथा आरम्भ गरिएको थियो ।
सोही अनुसार दैनिक यज्ञीय कार्यक्रम सञ्चालन गरिनुका साथै आज महाशिवरात्रीमा भगवान श्री शिव परिवार प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको थियो । शिव परिवार प्राण प्रतिष्ठा कार्यक्रम पश्चात बिशाल भण्डाराको आयोजना गरिएको थियो ।


पर्यटकीय रुपमा उक्त गायत्री मन्दिरलाई विकास गर्न सके आर्थिक आम्दानीका साथै आध्यामिक रुपमा प्रबल सम्भावना रहेको सहभागीहरुको भनाई रहेको छ । करीब २ बिगाहा पक्का क्षेत्रफलमा अवस्थित गायत्री मन्दिरमा बागेश्वरी शक्तिपिठमा रहेको भगवान शिवको मन्दिर जस्तै ताल बनाई सोही अनुसार तालको बीच भागमा भगवान शिव परिवारको प्राण प्रतिष्ठा गरी आज स्थापना गरिएको छ ।
भोली शनिबार ६ दिवसीय कार्यक्रमको समापन हुनुका साथै बिहान ८ बजेदेखि महापूर्णाहुति तथा टोली बिदाई कार्यक्रम रहेको गायती प्रजा अभियानका अध्यक्ष डा. विजयप्रसाद प्रधानले जानकारी गराउनुभयो ।

भिडियोको लागि यहाँ क्लीक गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *