Thursday, April 30सत्यम खबर
Shadow

जनमत रक्तदानको ५९ औं श्रृङ्खलामा ४० जनाले गरे रक्तदान

नेपालगन्ज, २७ फागुन – बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वय, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को सहयोगमा त्रैमासिक रक्तदान कार्यक्रममा ६ महिला सहित ४० जनाले रक्तदान गरेका छन् ।
फाल्गुन २६ गते शनिवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।


नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर÷स्टार पोेलिपाइप प्रालिका सञ्चालक कमलकुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटा, होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५९ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, राप्तीसोनारी गाउँपालिका नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्ती सोनारीकी उपाध्यक्ष अमृता केसी, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकरप्रसाद खनाल, नियमित रक्तदाता लक्ष्मणकुमार वैश्य, निरजमान श्रेष्ठ, विनोदकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, एसओएस युवालय नेपालगन्जकी सहायक निर्देशक मीना भुषाल (तुलाधर) ले रक्तदान गर्नु भएको छ ।


त्यसैगरी स्वयम्सेवी रक्तदाता दिनेश थापाले दुई महिनाको छोरा बोकेर रक्तदान गर्नु भएको थियो भने अन्य रक्तदाताहरुमा नमुकुमार पाण्डे, गुणराज पाण्डे, सबिन थापा, सतिश वर्मा, दिनेश थापा, गोकर्ण न्यौपाने, शेरबहादुर सारु, विजय अधिकारी, बिदुर कार्की, नवीन ओली, रुस्तम अली दर्जी, विजय महत, सुस्मिता शाह, विधान जोशी, धनिताकुमारी ओली, सन्दिप खड्का, अर्जुन अर्याल, सम्झनाकुमारी खडका, अमित अग्रवाल, सुदिप खडका, किरण ओली, राजेश शर्मा, सुमन बडुवाल, सोनम गौतम, सोमराज सोनी, ओमराज सोनी, प्रदीप भण्डारी, तोरणबहादुर डाँगी, राज ढुंगाना, भिमप्रसाद पाठक लगायत ४० जनाले रक्तदान गरेका छन् ।


सो अवसरमा सहभागीहरुलाई जनमत त्रैमासिक रक्तदानको व्याच वितरण गरिएको थियो भने कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रसाद सापकोटा, होमराज गिरी, महेश रानाक्षेत्री, सुनिल पुलामी, सञ्जय बढही, वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नु भएको थियो ।
वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५९ औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।


स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरी रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
सो कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, कार्यक्रम संयोजक पवन जायसवाल सिद्धबाबा हार्डवेयर प्रालिका सञ्चालक तथा उद्योगी व्यवसायीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *