Tuesday, April 28सत्यम खबर
Shadow

प्रधानमन्त्री ज्यू, डिजाईन एउटा सामाग्री अर्को हुँदा घर कसरी बलियो हुन्छ ?

मितिः २०८० फागुन २५ गते
अशोकनाथ योगी


प्रधानमन्त्री ज्यू डिजाईन एउटाकाे ( उत्तरकाे )
ईन्जिनियर र सामाग्री अन्तकाे प्रयाेग गरेर घर बलियाे र दिगाे कतिकाे हुन्छ त ?
झिमेकीाई बार बार सदाबहार झुक्याउन सकिँदैन ?
नेपाली कांग्रेस र एमाले लाई झुक्याए जस्तै र धाेका दिए जस्तै गरि
चिन र भारत लाई बारम्बार झुक्याउन सक्नु हुन्छ ?
सक्नु भयाे भने त तपाईं जस्ताे भएंकर काेही हुँदैन ?
कि त नेपालमा उथलपुथल ल्याई रहन लात्तीले हान्न उत्तर दक्षिण कुदि रहने हाे ?

सम्मानित संसदमा प्रधानमन्त्रीकाे सम्बाेधनले उब्जाएका तरंग नेपाली कांग्रेसका सचेतक रमेश लेखकले उठाएका राेचक प्रसंग :-

संसदमा नेपालकाे अभिभाबक प्रधानमन्त्री जस्ताे गरिमामय पदमाआसिन पुष्पकमल दाहाल (प्रचण्ड)ले सनातन हिन्दू धर्म लाई जाेडेर गठबन्धन टुटाउनुकाे प्रमूख कारण भनेका छन :-
कांग्रेस नेपालकाे संबिधानकाे खिलापमा जान खाेजेकाे हाे कि पनि भनेका छन ? निराधार आराेप लगाएका छन ? दुई दिन अगाढी गठबन्धन टुट्न नदिने र कृष्ण सिटाैला लाई राष्ट्रिय सभा अध्यक्ष बनाउन आफैले प्रधानमन्त्री प्रस्ताब गरेकाे बुझिएकाे छ ? तर २ दिन पछि फरक किन ? आफ्ना पाटीका दस्ताबेज के छन के लेखिएकाे छ ! ध्यान नदिने आफ्ना पाटीकाले के बाेल्छन हेक्का नगनें अरू लाई आराेप लगाउने गरिएकाे छ !!! संसदमा निरीह भएर बाेल्नु बाहेक अर्काे उपाय थिएन !
८२ % भन्दा बढी बैद्विक सनातनी हिन्दू भएकाे नेपालमा हिन्दू हरूले आफ्ना अभिब्यक्ति राख्न नपाईने,हस्ताक्षर गर्न नपाईने अघिल्लाे महासमितिमा पनि पेश भएकाे हाे नि सनातन देखि चलि आएकाे धर्म संस्कृति बचाउ गरि पाउँ भनेर भन्न नपाउने ? अनि कुनै माग राख्न पनि नपाउने कस्ताे खालकाे गणतन्त्रकाे कल्पना गरेकाे हाे !!!! कस्ताे हिन्दू बिराेधी साेच हाे ?
नेपालकाे संविधान नै नपढेकाे जस्ताे कुन चाहिँ ले कुन सन्दर्भमा बिदेशमा धर्म अफिम हाे के भनेका थिए आज त्यही हिन्दू धर्म बिराेधी नशा लागि रहेकाे छ !!!
धार्मिक रूपमा हुन सक्ने द्वन्द्व बाट सचेत हुनु पर्छ :
नेपाली कांग्रेसकाे महासमितिमा पास नभएकाे छलफल नै नभएकाे बिषय लाई सनातन हिन्दू राष्ट्र काे बिषय लाई लिएर गठबन्धन फेर्नुकाे कारण भनेर गरिमामय संसदमा बाेल्नु भएकाे छ !!! त्याे रेकर्डमा छ रेकर्डमा भएकाे प्रधानमन्त्री काे सम्बाेधन गरेकाे छापिदा जस्ताकाे तस्तै छापियाेस !!!
एउटा प्रशंग उठान गर्न मन लागेकाे छ !!!
कांग्रेस ले संविधान बिरूद्व धर्म निरपेक्षता बिराेध काम गर्न खाेज्याे भन्नू भयाे !!! जुन आराेप लगाईएकाे छ त्याे सरासर गलत छ ?
आज सम्म कांग्रेसका नेता बिमलेन्द्र निधि बाहेक कसैले धर्म निरपेक्षता पनि उपलब्धि हाे भनेर जिकिर गरेका छैनन ?
तत्कालिन प्रधानमन्त्री सुशील काेईरालाले संबिधानमा लेख्दा झुक्याईयाे भन्नू भएकाे छ !!
काेही धार्मिक स्वतन्त्राकाे नारा दिएर उम्किन खाेजेका छन त ? बिराेध गरे जस्ताे गनें काेही भारतकाे नजिक कसरी हुने कसरी रिझाउन सकिन्छ हाेडबाजी चलिरहेकै छ !!! गठबन्धन भए देखि भत्काउने कसरत सबै लाई थाहा थियाे स्वयम् प्रचन्डले म भत्काउदिन भने पछि कांग्रेसका नेताहरू बिश्वस्त नहुने कुरै भएन ?
अब हिन्दूस्थानले नाटक गरेर जी जी आँप के बनजाहेगी भनेर पत्याउने वाला छैन ? चाईनाकाे ईशारा मा चलेर नाैटंकी र नाटक गरेर बिदेशी लाई बार बार झुक्याउन सकिन्छ कि सकिँदैन ?
स्मरण कालागि प्रधानमन्त्री ले याे भन्दा पहिला भारत भ्रमण जानू अघि माकेकै केही केन्द्रीय सदस्य लाई हिन्दू धर्मकाे माग गर्न लगाएर उनीहरूले सुनियाेजित तवरले हिन्दू धर्मकाे माग गरेका थिए प्रचण्ड संग तीन लाई माके पाटी बाट कार्बाही भयाे कि भएन ? कुन हैसियतमा छन ? कि तत्कालिन अबस्थामा भारत लाई रिझाउन झुक्याउन नाटक मन्चन गरिएकाे थियाे ?
सनातन हिन्दू धर्म अनुसार श्रीमती र छाेराकाे काजकिरिया प्रचण्ड गर्नु हुन्न ?वहाँकाे मान्ने धर्म के हाे?
प्रष्ट स्पष्ट पार्न जरूरी कुनै पनि धर्म मान्दिन नास्तिक हाे भने हिन्दू काे नाम लिदा नाम सुन्दा गठबन्धन नै फेर्नु पनें किन भयाे ?
भारतमा गएर गेरू बस्त्रधारण गरेर भारतमा नाटक गरेकाे कि हिन्दूस्थानलाई पनि नेपाली जनतालाई झुक्याए जस्तै झुक्याउन खाेजेकाे हाे? ? याे स्पष्ट पार्न जरूरी हुन्छ ?
उत्तरकाे डिजाईनमा चल्ने सामाग्री दक्षिण तिरका खाेज्ने गरेमा डिजाईनर रिसाउदैन र ? यसरी बलियाे घर बन्छ ? पहिला नेकपा कसरी भत्किएकाे हाे स्वार्थबादी कच्चा पदार्थले हाेईन र ? देशी बिदेशी प्रतिकृया बादी हुन काे त ? उसाे भए
तपाईकाे पाटी बाट ४ जना पदाधिकारी
हिन्दू स्तान पठाउनु भएकाे थियाे ? कुन सन्दर्भमा खुलेकै छैन ?
बेला बेलामामा चाईना तिर पनि स्थाई प्रतिनिधी पठाईरहनु हुन्छ ?
अकाें कुरा बार्ताकाे बेला पनि कहिले राजा संग बार्ता गनें हाे त कहिले भारतकाे तत्कालिन कांग्रेस आई संगै बार्ता गनुं पर्छ भनिरहँदा १२ बुदेमा हस्ताक्षर भएकाे हाे !
हस्ताक्षर गनें बेला र वाला अहिले फरक छन ? परिस्थिति फरक छ पात्र फरक छन !!!
केही बहाना र प्रमाण नपाएर गठबन्धन टुट्नुमा हिन्दू काे कारण देखाउनुले तपाईकाे सम्बाेधनले बहुमत हिन्दू काे आस्था,बिश्वास र मर्ममा चाेट पुग्ने गरि ठेस लाग्ने गरि गठबन्धन नै फेर्नु परेकाे जुन अभिब्यक्ति संसदमा उभिएर दिनु भएकाे छ त्याे गम्भीर प्रकृतिकाे छ !! त्याे कुरा अब चाईना लाई त भन्नू हुन्छ हाेला ? हिन्दू काे एजेन्डा उठाएका कारण गठबन्धन ताेडियाे ? अब अहिले काे भारतकाे संस्थापनलाई माेदीलाई के भन्नू हुन्छ ?
नेपाली कांग्रेसका केहीले सनातन हिन्दू धर्मको पक्षमा हस्ताक्षर गरेका कारण गठबन्धन फेरि दिए ? यहि याे छलाग र लात मारेकाे हिन्दू लाई सक्नु हुन्छ त यहि बहाना बनाई राख्न जनमतकाे खिलापमा सक्नु हुन्छ हिम्मत छ ? तपाईं प्रधानमन्त्री हाे तर गम्भीर रूपमा चुक्नु भएकाे छ !!!
ब्यक्तिगत रूपमा प्रचन्डले कुरा गर्दा, फेर्दा र चुक्दा आधारहिन कुरा गर्दा फरक पर्देंन ? तर नेपालकाे प्रधानमन्त्री समालिनु पर्छ र संयमित हुनु पर्छ ? सन्तुलन पनि मिलाउनु पर्छ त्याे सक्नु भएन यहि गलपासाे हुन्छ लेखेर राख्नाेस ? धाेका पाएका जति एक ठाउँ यभिने दिन तपाईकै कारणले आउदैछ र आउँछ पनि : सबै बिर्सेर एक ठाउँ उभिनु पर्छ ? ! त्यसकाे लागि वातावरण बनाउदै हुनु हुन्छ ?
अत्यन्तै गम्भीर छ ? उथलपुथल वाला कुरा पनि झन गम्भीर छ र आफुअनुकुल नभए र चल्न दिएनन भने जुनसुकै बेला जसलाई पनि लात्तीले हानेर हिड्न सक्छु भनेर
याे प्रचण्ड युग हाे भने जस्ताे अहंकार तपाईकै लागि आत्मघाती
नबनाेस !! स्थिर राजनितिका लागि बिश्वसनिय र इमानी कुरा गर्नुस

नेपाल मा धर्म निरपेक्षता र सनातन धर्मका सवालमा
थप ब्याख्या,पुन: ब्याख्या जरुरी हो कि?

हामी सनातनीहरू अन्य धर्मकाे अत्यन्तै सम्मान गर्छाै अरू धर्मावलम्बीलाई भ्रम पनि नहाेस !!! हिन्दू धर्मको कुरा उठाउने बितिक‌ै हिन्दुस्थानकाे एजेन्ट जस्ताे ठान्ने भ्रम बाट पनि समाजलाई मुक्त गरियाेस !!!! बिदेशी दर्शन ल्याएर नेपालमा पाटी खाेल्न हुने
धार्मिक सनातन परम्परा संरक्षणका लागि एकताबद्व हुनु हुँदैन भन्ने गलत साेच नराखियाेस !!!
संविधान बिराेधी नै भने पछि
संबिधानमा लेखिएकै के रहेछ ? सनातन धर्मका सवालमा पढौं !!!
संबिधानमा हस्ताक्षर गर्नेले पनि पढेको छैन जस्तो छ !!:

नेपालको संबिधान २०७२
नेपाल राज्य ः (१) नेपाल स्वतन्त्र,अविभाज्य,सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
स्पष्टीकरण ः यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।

२६. धार्मिक स्वतन्त्रताको हक ः (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो
आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी
सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।
तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा
गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न
बाधा पुगेको मानिने छैन ।
(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक
स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंगगर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको
धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य
कानून बमोजिम दण्डनीय हुनेछ ।


(उहाँ राष्ट्रिय अध्यक्ष, राष्ट्रिय हिन्दू शक्ति संगठन, नेपालका संयोजक तथा संसार भरका हिन्दूको एकता तथा बैद्विक सनातन हिन्दू धर्म संरक्षण महाअभियानसँग जोडिनु भएको छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *