Tuesday, April 21सत्यम खबर
Shadow

सामूहिक चित्रकला प्रदर्शनी

काठमाण्डौ, ७ माघ – यहि २०८० साल माघ ०८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्ध प्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा (The Wheel) शीर्षकसहित आयोजना हुन गइरहेको उक्त प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका छन् ।
साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति (Cycle Culture in Painting) कार्यशाला सम्पन्न गरेको थियो । उक्त कार्यशालामार्फत सिर्जित राष्टिूय तथा अन्तर्राष्टिूय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला(संयोजक रबिन कोइराला बताउछन् ।


सिर्जिक चित्रकृतिहरु अमूर्त, मूर्त, अर्धमूर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् । कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के.कर्मचार्य सहित शशी विक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकार सहभागी भई ऐतिहासिक ६ दर्जन कलाकृति सिर्जिएको कोइरालाले बताए ।
नेपालमा साइकल संस्कृतिमैत्री आधारभूत संरचना र सभ्यता स्थापनाका लागि विविध बौद्धिक–कलात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको साइकल कल्चर कम्युनिटीको संयोजनमा कार्यशाला सम्पन्न भई चित्रकला प्रदर्शनी आयोजना हुन गइरहेको हो । कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक तारालाल श्रेष्ठले बताए । साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसँग जोडेर सिर्जनात्मक अभियानको आवश्यकता बोध भएकाले यस चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको उनले बताए ।
नेपाल कला परिषद बबरमहल काठमाडौँमा प्रदर्शनी माघ ८ गतेदेखि माघ १४ गतेसम्म विहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म जारी रहने छ । अदभूत सफलतासहित सम्पन्न उक्त ऐतिहासिक कार्यशालाबाट सिर्जित चित्राकृति प्रदर्शनी समुदघाटन माघ ८ गते १ः१५ बजे नेपाल कला परिषद, बबरमहलमा आयोजना हुने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *