Friday, April 24सत्यम खबर
Shadow

३ सय ८४ जना किशोरी तथा बालबालिका कहाँ हराए ?

नेपालगन्ज, १६ पौष – भारत लगायत तेस्रो मुलुकमा जोखिमपूर्ण काम गर्न पुगेका ३ सय ८४ जना किशोरी तथा बालबालिकाको अवस्था अज्ञात रहेको पाइएको छ । जोखिमपूर्ण काम गर्न पुगेका ६ सय ६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनि परिवारबाट निवेदन परेकोमा २ सय ७८ जना मात्रै फेला परेका छन् ।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले आइतबार बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘अज्ञात अवस्थामा रहेका ति किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन हामीले धेरै संयन्त्रलाई प्रयोग गर्यौं, केहीको अवस्था पत्ता लगायौैं, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।’
मानव बेचविखन तथा ओसार पसार विरुद्ध काम गर्ने अन्र्तराष्ट्रिय स्तरका संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले सुनाए । सम्बन्धित देशका सरकारी संयन्त्रमार्फत उद्धार कार्यलाई अगाडी बढाउन सकेको खण्डमा अज्ञात अवस्थामा रहेका किशोरी तथा बालबालिकालाई उद्धार गर्न सकिने सम्भावना रहेको बताए ।


कोइरालाका अनुसार जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९ जनालाई सिमा क्षेत्रबाट उद्धार गरिएको छ । विभिन्न जिल्लाबाट मानव दलालमार्फत जोखिमपूर्ण काममा जान लागेका ति किशोरी तथा बालबालिकालाई नेपाल–भारत सिमाक्षेत्रबाट उद्धार गरिएको हो । माइती नेपाल नेपालगन्जले सन् २०२३ को जनवरीदेखी डिसेम्बरसम्म सो संख्यामा उद्धार गरिएको जनाएको छ ।
यस्तै श्रम र यौन शोषणमा परेका १२ जनालाई उद्धार गरेर नेपाल फर्काइएको प्रमुख कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार उनीहरुलाई भारतका विभिन्न स्थानबाट उद्धार गरेर नेपाल फर्काइएको हो । यस्तै ५ सय २० जनालाई मानव बेचविखन र सुरक्षित बसाई–सराईबारे जानकारी दिएर पारिवारीक पुर्नमिलन गराइएको छ ।


यस्तै ४ सय ७९ जनालाई नेपाल–भारत सिमाक्षेत्रबाट परामर्श दिएर घर फिर्ता गराइएको प्रमुख कोइरालाले प्रष्ट्याए । उनका अनुसार माइती नेपालले एक वर्षमा २ जना विरुद्ध मानव बेचविखन सम्बन्धी घटनामा मुद्दा दर्ता गरेको छ, भने ४ जना किशोरीलाई सिपमुलक तालिम प्रदान गरेको छ ।
त्यसैगरी एक वर्षमा १२ वटा घरेलु हिंसाको घटना आएकोमा ५ वटा घटनाको समाधान गरिएको र ३ वटा जबरजस्ती करणीका घटनामा माईती नेपालले पीडितको पक्षमा वकालत गरेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *