Sunday, April 26सत्यम खबर
Shadow

नेपाली रेल्वेलाई अयोध्यासम्म सञ्चालन गर्न माग

काठमाण्डौ, १५ पौष – भारत अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै नेपाल रेल्वेलाई जनकपुरधाम–अयोध्या सञ्चालन गर्न माग गरिएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर नेपाली जनतमा उत्साहदेखिएको भन्दै सीता जीको जन्मभूमि जनकपुरधामदेखि रामको जन्मभूमि अयोध्या सम्म रेल सञ्चालन गर्नका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र लिएर पुगेका छन् ।

पत्रमा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपाल रेल्वेलाई अयोध्या सम्म सञ्चलानको लागि भारतसँग अनुरोध गर्ने उल्लेख गरिएको छ । भारत सरकारले नेपालको रेललाई अयोध्या सम्म संचालन गर्न अनुमति नभएको खण्डमा भारतकै रेल्वेलाई जनकपुरधाम सम्म राम मन्दिरको प्राण प्रतिष्ठाको लागि विशेष रुपमा सञ्चालन गर्न पनि महाप्रबन्धक झाले भौतिक पूर्वाधार मन्त्रालय मार्फत भारतीय पक्षसँग आग्रह गरेका छन् । जनकपुर टुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *