Thursday, April 30सत्यम खबर
Shadow

सुस्ताकाे ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन, कुस्तीमा भारतकाे पहलवान प्रथम

संजय कुशवाहा
नवलपरासी, ११ मंसिर – नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं.५ पक्लिहवाको ठाढी घाटमा सञ्चालन गरिएको मेला सोमबार सम्पन्न भएको छ ।
मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका थिए भने द्वितृयमा भारतको हरियाणा बस्ने राहिल पहलवान विजेता भएका थिए तथा त्रितृयमा भारतको महराजगंज जिल्लाका बृजेश पहलवानले हाथ पारेका छन् ।
प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद, द्वितृय हुनेलाई २० हजार नगद र त्रितृय हुनेलाई एक मुस्ट १० हजार नगद प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल प्रतियाेगितामा २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए ।
सो वडाका वडाध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अथित्यता रहेको थियो ।
सो अवसरमा सुस्ता गाउँपालिका प्रमुख टेकनराण पाण्डे, समाज सेवी ओमप्रकाश जयसवाल, संजित शर्मा, रवीन्द्र जयसवाल, कनहिया हरिजन, संतोष यादव, भरत भुवाल चौहान, नन्दकिशोर कुशवाहा लागायतको उपस्थिती रहेको थियो ।
आउने दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा प्रदेश सभा सदस्य कलवारले जोड दिनु भएको थियो । एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणी नदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल तथा भारतकाे बिहारबाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।
नारायणी नदिमा स्नान र स्नान पश्चात त्यहाँ निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *