Thursday, May 7सत्यम खबर
Shadow

एस.एस.बी.मा ऊँ शान्तिकाे सामुहिक रक्षाबंधन

नेपालगन्ज, १३ भाद्र – रक्षाबंधनको पावन उपलक्ष्यमा ब्रह्माकुमारीज नेपालगन्जद्वारा ४२ वीं वाहिनी र ५९ वीं बटालियन सशस्त्र सीमा बल, नानपारा, बहराइच(यु.पी.)मा सामुहिक रक्षाबंधन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा ५९ वीं बटालियन सशस्त्र सीमा बलका कमाण्डर हिमांशु दुबे, त्यहाँ सेवारत वरिष्ठ अधिकारी लगायत जवानहरुलाई रक्षाबंधनको महत्व सहित आध्यात्मिक प्रवचन पश्चात् रक्षाबंधन राखी बाँधिएको थियो ।
राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले संस्थाको गतिविधि र राजयोगको महत्व बारे प्रकाश पार्नु भएको कार्यक्रममा ब्रह्माकुमारी मुनाले रक्षाबंधनको महत्व बारे प्रकाश पार्नु भएको थियो  ।
उक्त कार्यक्रममा ब्र.कु.दिव्या, ब्र.कु.राजन विक्रम थापा, ब्र.कु.मिथलेश्वर चौधरी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *