
नेपालगन्ज, ११ भाद्र – समाजमा बसेका सामाजिक आर्थिक दायित्वमा सहकार्य गर्ने व्यक्तिहरूकाे कमि कहिले हुँदैन भन्ने उदाहरण सावित भएका छन् फुल्टेक्रा वार्ड नं. ६ निवासी विकास शर्मा । फुल्टेक्रा माध्यमिक विधालयमा हाल विधार्थीहरूकाे लागि शुद्व खानेपानी तथा हात धुने टंकीकाे अवश्यकतालाई महसुस गरि आर्थिक सहयाेग गरेका छन् ।

सामाजिक कार्यमा सहकार्य गर्ने समाजसेवी आफ्नाे बुवाकाे स्मृतिमा फुल्टेक्रा माध्यमिक विधालयलाई आर्थिक सहयाेग गर्दै उक्त पैसा विधार्थीहरूलाई शुद्व खानेपानी तथा टंकी, टाेटीमा प्रयाेग गर्न अनुराेध गरेकाे विधालय स्राेतकाे भनाई रहेकाे छ ।

विधालय स्राेतका अनुसार लामाे समयदेखि विधालयमा शुद्व खाने पानीकाे अवश्यता रहेकाे थियाे । केही समय अगाडि वडा कार्यालयबाट खानेपानीकाे व्यवस्थापन गरिएकाे भएपनि पर्याप्त नभएकाे समस्या बुझी समाजसेवी विकास शर्माले शुद्व खानेपानीकाे लागि आर्थिक सहयाेग गर्नु भएकाे बताउनुभयाे ।

हाल पनि उपलब्ध रकम प्रयाप्त नभएकाे हुँदा अन्य सहयाेगी मनहरूले विधार्थीहरूलाई शुद्व खानेपानीकाे व्यवस्थापनका लागि विधालयलाई आर्थिक सहयाेग गर्न अनुराेध गर्दै सहयाेगी विकास शर्मालाई कृतज्ञता व्यक्त गरेका छन् । शर्माले विधालयलाई ५ हजार ५ सय ५५ रूपैयाँ नगद आर्थिक सहयाेग गरेका छन् ।
