Wednesday, April 22सत्यम खबर
Shadow

हिन्दु आस्थामाथि चोट पुग्ने गरी समाचार लेखेको भनी कान्तिपुर दैनिक मुर्दावादको नारा

नेपालगन्ज, ३१ श्रावण – हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि चोट पु¥याएको बिरोधमा कान्तिपुर दैनिक तथा सम्पादक कैलाश सिरोहिया मुर्दावादको नारा लगाईएको छ ।
बागेश्वर बाबा की जय, कसैको धर्ममाथि चोट पु¥याउन पाईदैन, कान्तिपुर दैनिक मुर्दावाद, कैशाल सिरोहिया मुर्दाबाद भन्दै विभिन्न नारा लगाउँदै पटक पटक हिन्दू धर्मावलम्बीहरु माथि नै चोट पु¥याउने कार्य गर्दै आएको हुँदा आज मुर्दावादको नारा लगाएको युवाहरुले बताएका छन् ।
अरु धर्मावलम्बीहरुले बली दिंदा ठीक तर हिन्दु धर्ममा सनातनी परम्परा अनुसार बली चढाईएको अवस्थामा पत्रिकामा नचाहिएको समाचार छाप्ने कार्य गर्दै आईरहेको हुँदा आज हामी आफै आफ्नो धर्मको रक्षाका लागि बिरोध जनाउन आएको सहभागी युवाहरुले बताएका छन् ।
नेपालगन्जको मुटु भनी चिनिएको त्रिभुवन चोकमा केही बेर चक्का जाम जस्तै भएको भएपनि ट्राफिक प्रहरी, जनपद प्रहरीले समन्वय गरेका थिए । ३०–४० जनाको झुण्डमा रहेका युवाहरुले हिन्दु माथि टिप्पणी गर्न पाईदैन, कैलाश सिरोहिया मुर्दावाद लगायतको नारा लगाउँदै आफ्नो रोष प्रकट गरेका थिए ।

२०६२/०६३ को आन्दोलन पछि स्थापित गणतन्त्र आएदेखि नै हिन्दु धर्मावलम्बीहरुलाई निशानामा लिने गरेको आरोप लगाउँदै पुनः हिन्दु राष्ट्र कायम गराउन अब पनि हिन्दु धर्मावलम्बीहरु नलागेको अवस्थामा यो भन्दा भयावाद अवस्था हाम्रो धर्मको हुने युवाहरुले बताएका छन् । त्यसैले एकजुट भई पुनः हिन्दु राष्ट्र कायम गराउन आ–आफ्नो स्थानबाट पहल गरौं भनी अव्हान समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *