Wednesday, April 22सत्यम खबर
Shadow

उपाध्यक्ष पदका उम्मेदवार मो.सफिक बेहनालाई कार्वाही

नेपालगन्ज, ३१ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव व्यापारी मुखी नभएर राजनीतिक पार्टी मुखी भएको चर्चा नेपालगन्जमा भईरहेको अवस्थामा विभिन्न पार्टीहरुले आ–आफ्नो कार्यकर्ता माथि उम्मेदवारी भएकै हुँदा पार्टीबाट कारवाही गरिरहेको घटनाले समेत प्रष्ट पारिरहेको छ व्यापारिक निर्वाचन नभएर पार्टीगत निर्वाचन भईरहेको छ ।
यसैक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा पार्टीको नीति विपरित उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पदका उम्मेदवारलाई पार्टी जिल्ला अनुशासन समितिले मंगलबार कारबाही गरेको छ ।
राप्रपा बाँकेको अनुशासन समितिका संयोजक यमबहादुर रावतले मंगलबार विज्ञप्ती जारी गरी संघको उपाध्यक्ष (उद्योग) पदका साझा प्रजातान्त्रिक समूहका उम्मेदवार मो.सफिक बेहनालाई पार्टीको निर्णय विपरित आधिकारिक उम्मेदवारलाई हराउन उम्मेदवारी दिएकाले पार्टीको बाँके क्षेत्र नं. २ ख प्रदेश अध्यक्ष तथा सदस्य पद समेत नरहने गरी ५ वर्षका लागि कारबाही गरेको जनाईएको छ । राप्रपा समावेशी प्यानलसँग चुनावी मैदानमा सहकार्य गरेर अघि बढेको छ ।
समावेशी प्यानलका सबै पदका उम्मेदवारहरुलाई बिजयी बनाउन पार्टी सम्बद्ध व्यापारीहरुलाई लाग्न निर्देशन दिएको छ । जिल्ला अनुशासन समितिले एक प्रेस बिज्ञप्ति जारी गर्दै राप्रपाले मो. सफिकलाई पार्टीको विधि अनुसार नचलेको कारण ५ बर्षसम्मको लागि कार्वाही गरेको जनाएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, तपाईलाई मिति २०८०/ ०४/२९ गतेको अनुशासन समितिको निर्णय बमोजिम पार्टीको बिधान २०४८ र एकता महाधिवेशन २०७८ बाट संशोधित दफा ६ को उपदफा ४ झ बमोजिम बाँके क्षेत्र नं. २ ख प्रदेशको अध्यक्ष तथा सदस्य पद समेत नरहने गरि ५ बर्षका लागि कार्वाही गरि हटाएको व्यहोरा जानकारी गराइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *