Sunday, April 19सत्यम खबर
Shadow

चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन: अकरम पठान

कपिलवस्तु, २४ श्रावण – राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं. ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगडमा आयोजना गरिएको थियो।
समाजसेवी अकरम पठानको अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम, राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम तयार गरि मदरसाहरूमा लागु गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना मुइनुद्दीनले नेपालमा मुस्लिम समुदायको आफ्नै पहिचान रहेकाले त्यसको संरक्षण सबै मुस्लिम समुदायले मिलेर गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष अकरम पठानले मुस्लिम समुदायको मदरसामा सरकारको बिशेष ध्यानाकर्षण हुनुपर्ने किनकी मदरसाहरु व्यवस्थापन तथा सञ्चालनमा पछाडि रहेको अवस्थामा मरसामा आधुनिक तथा व्यवसायिक शिक्षाको पहल राज्यले गर्नुपर्ने साथै मदरसामा पढाउने शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको र शिक्षा ऐन लगायत संबैधानिक व्यवस्थामा मुस्लिम समुदायको पहुँच हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए। देश विदेशको मुस्लिम समुदायको चर्चा गर्दै पठानले चाइनामा मुस्लिम समुदाय माथी धेरै दमन भै रहेको बिभिन्न संचार माध्यम बाट कुरा आइरहेको तथा उइगर ससमुदाय लाई शिक्षा, सामाजिक तथा धार्मिक कार्यक्रम हरूमा धेरै प्रतिबन्ध लगाएको घटनाहरु बेला बेलामा सामाचार हरूमा आउनाले चीनमा मुस्लिम धर्मावलम्बी लाई स्वतन्त्रता छैन भन्ने कुरा दुखद रहेको बताए।
कार्यक्रममा १७ वटा मदरसाको मौलाना, व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य हरुको संलग्नतामा कार्यक्रम सम्पन्न भयो। मौलाना मुजिबुर्रहमानले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको सम्पूर्ण जानकारी अकरम पठानले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *