Saturday, April 18सत्यम खबर
Shadow

समावेशी प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगन्ज, २३ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको भाद्र २ गते सम्पन्न हुन गईरहेको निर्वाचनलाई ध्यानमा राखी आ–आफ्नो प्यानलका प्रतिबद्धताहरु सार्वजनिक गर्ने क्रममा आज समावेशी प्यानलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्र
उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान !
समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान !!’
नेपालगञ्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८०
समावेशी प्यानलका प्रतिबद्धताहरु
आदरणीय उद्योगी व्यवसायी तथा बाँकेबासी दाजुभाइ, दिदीबहिनीहरु
नेपालगञ्ज तराईको पहिलो सहर हो । विशेष गरी औद्योगिक उत्पादनका लागि नेपालगञ्ज नै प्रमुख बजार हो । विगतमा पहाडी जिल्लाबाट किनमेल गर्न आउने व्यापारी÷उपभोक्ताले स्थानीय उत्पादन नेपालगञ्जमा बिक्री गर्थे र खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका बस्तुहरु किनेर लैैजान्थे । बाँकेमा चामल, कथ्था मिल, सलाइ फेक्टूी जस्ता औद्योगिक प्रतिष्ठानहरु खुले ।लामो समयसाबिकको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाँके नै थियो । अहिले पनि बाँके पश्चिम नेपालको आर्थिक, बाणिज्य, कृषि, जडिबुटी, पर्यटकीय क्षेत्र, शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिमा अग्रणी नै छ । वर्षौ अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यवसायिक टूान्जिट क्षेत्र पनि बाँके नै थियो ।
उद्योगी, व्यवसायीरुको हकहितका लागि छाता संस्थाको रुपमा २०२४ सालमा नेपालगञ्ज उद्योग व्यापार संघ (हाल नेपालगञ्ज उद्योग वाणिज्य संघ) स्थापना भयो । संघ स्थापनाको साढे पाँच दशक पूरा भइसकेको छ । संघले व्यवसायिक हितसँगै सामाजिक परिवर्तनका लागि निरन्तर आन्दोलनको नेतृत्व गर्दै आएको छ । राष्टिूय अर्थतन्त्रको मेरुदण्डकोसारथी बनेका उद्योगी व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगञ्ज उद्योग वाणिज्य संघ देशकै नमुना उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको छ । गौरवपूर्व इतिहास बनाउन सफल संघको स्थापनाकालदेखिसंस्थालाई निजी क्षेत्रको आशा र भरोसाको केन्द्र बनाउनु हुने सबै अग्रज, उद्योगी र व्यवसायीप्रति उच्च सम्मानका साथ नमन गर्न चाहन्छौं ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भदौ २०८० मा निर्वाचन हुन गइरहेको छ । नयाँ नेतृत्व चयनको लागि विगतमा जस्तै हामी अहिले पनि एउटै समावेशी प्यानल बनाएर चुनावी अभियानमा आउन पाउँदा गर्व महसुस गरिरहेका छौं । हाम्रो एकताले व्यवसायीका बीचमा सकारात्मक भाव उत्पन्न गर्नुका साथै उद्योगी, व्यवसायी एकढिक्का हुनसक्छन् भन्ने सन्देश पनि दिएको छ । ऐतिहासिक सहर नेपालगञ्ज र व्यापारिक र औद्योगिक जिल्ला बाँकेको गरीमा कायमै राख्न राज्यलाई निरन्तर सचेत गराउने जिम्मेवारी संघले विगतदेखि निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि गर्दै जानेछ भन्ने विश्वास दिलाउन चाहन्छौं । समग्र व्यावसायिक क्षेत्रको उत्थानका लागि जिल्लाका सबै उद्योगी व्यवसायीहरु एकढिक्का हुन जरुरी छ । समृद्ध बाँके निर्माणमा सम्पूर्ण उद्योगी, व्यवसायी, बाँकेबासी दाजुभाइ र दिदीबहिनीहरु एकजुट भएर अगाडि बढ्नका लागि संकल्प लिने बेला आएको छ । उद्योगी, व्यवसायीहरुका हरेक समस्या समाधान गरी अगाडि बढ्न सक्ने अनुभवी अग्रजहरु र नयाँ पुस्ताका उर्जावान साथीहरुको समिश्रणले संघमा अझै प्र्रभावकारी भूमिका निर्वाह गर्नसक्ने सशक्त समावेशी टिम बनेको छ । विगतमा समावेशी प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले प्रतिकूल समयको बाबजुत पनि आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविदितै छ । व्यवसायिक क्षेत्रका थुप्रै समस्या र चुनौतीलाई सही ढंगबाट समन्वय गरी समाधान गर्ने जुझारु, राज्यका विभिन्न निकायमा पहुँच भएका अनुभवी, कर्तव्यनिष्ठ एवं विभिन्न समुदाय र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व हुने गरी निर्माण गरिएको समावेशीप्यानलले समृद्ध बाँके निर्माणका लागि निम्न प्रतिबद्धताहरु प्रस्तुत गरेको छ ः
सशक्त उद्योग वाणिज्य संघ
उद्योग वाणिज्य क्षेत्रलाई व्यवस्थित एवं सुदृढ पार्दै व्यवसायिक क्षेत्रको विकास गरी राष्टिूय अर्थतन्त्रलाई बलियो बनाउन नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उद्योगी व्यवसायीहरुको दुःख, पीरमर्कामा मल्हम लगाउन सक्ने र आर्थिक एजेण्डामा पैरवी गर्न सक्ने एउटा सशक्त वाणिज्य संघको रुपमा विकास गरिनेछ । संघको संस्थागत विकास, उद्योगी, व्यवसायीको हकहित सुरक्षित गर्नसक्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्न तालिम, गोष्ठी, सभा, समारोह आयोजना गरिनेछ । व्यवसायिक क्षेत्रका समस्या र चुनौतीबारे अध्ययन अनुसन्धान गरी समाधानका उपायहरु खोजिनेछ । संघलार्ई प्रविधिमैत्री बनाइनेछ । उद्योग वाणिज्य संघलाई उत्पादन, बजारीकरण र समाजसँग जोड्न विभिन्न दातृ निकायसँग सहकार्य गरिनेछ । राष्टिूय, अन्तर्राष्टिूय क्षेत्रका विभिन्न उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध विस्तार गरिनेछ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघ जिल्ला उद्योग वाणिज्य संघ हो । देशभरका १२३ वटा उद्योग वाणिज्य संघमध्ये उत्कृष्ट १० मा पर्छ । यो देशको ुकु वर्गको उद्योग वाणिज्य संघ हो । संघको जिल्लाभरी सदस्यता विस्तार गर्न पहल गरिनेछ ।संघको निर्वाचनमा सबै खालेउद्योगी व्यवसायीहरु उम्मेदवार बन्नसक्ने अवस्था सिर्जना गर्न वैज्ञानिक पद्धतिको निर्वाचन प्रणालीको विकास गरिनेछ ।

स्वस्थ व्यवसायी योजना
संघका सदस्यहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गरी सम्बन्धित स्वास्थ्य संस्थाकोे समन्वयमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिनेछ । संघका सदस्यहरुका लागि योग, ध्यान, प्राणायाम र खेलकुदका गतिविधिहरु सञ्चालन गरिनेछ ।
समानान्तर संस्थालाई निरुत्साही
नेपालगञ्ज उद्योग वाणिज्य संघबाट अलग्गिएर समानान्तर संस्था खडा गर्दै संघको एकतालाई खण्डित तुल्याउने कार्यलाई निरुत्साही गरिनेछ । दोहोरो भूमिकामा कसैलाई रहन नदिने व्यवस्था गरी संघलाई जिल्लाभरका उद्योगी, व्यवसायीको आस्था र भरोसाको केन्द्र बनाइनेछ ।
सद्भावमा नेतृत्वदायी भूमिका
नेपालगञ्ज सद्भावको सहर हो । बाँकेमा सामाजिक सद्भाव कायम राख्न संघले विगतदेखि नै सामाजिक विकासका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आर्थिक मामिलामा मात्र नभएर संघले यहाँको सामाजिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक क्षेत्रको विकासका काममा पनि नेतृत्वदायी भूमिका खेल्दै आएको छ र खेल्दै जानेछ ।
सरलीकृत एकद्वार कर प्रणाली
उद्योगी व्यवसायी दोहोरो तेहोरो कर तिर्न बाध्य छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरु पनि स्थानीय तहमा दर्ता गरेर फेरि कर असुलिन्छ । त्यस्तै, बाणिज्य कार्यालयमा दर्ता भएको औद्योगिक प्रतिष्ठान पनि स्थानीय तहमा फेरि दर्ता गरेर कर तिर्नुपर्छ । स्थानीय तहबाट सिफारिस दिने र अभिलेखीकरण राख्ने मात्र गर्नुपर्छ । एउटा मात्र कार्यालयमा दर्ता गर्ने एकद्वार प्रणाली विकास गर्न पहल गरिनेछ । सबै उद्योगी व्यवसायीको आफ्नो घरजग्गा हुँदैन । राज्यका निकायले दर्ता वा अन्य प्रयोजनमा लागि लालपूर्जा माग्ने गरिन्छ । जसका कारण प्यान नं. लिन वा अन्य काममा अवरोध भएको छ । उद्यमी व्यवसायीहरुलाई समस्या पारिरहेको छ । यस्तो कार्य निरुत्साहित गर्न सम्बद्ध कार्यालयसँग सहजीकरण गरिनेछ ।
सभागृह र प्रदर्शनी स्थल
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष स्व.दामोदर आचार्यको कार्यकालमा संघले बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल निर्माणका लागि नेपालगञ्जको कारकाँदोस्थित सडक विभागको १० बिघा जग्गाको भोगाधिकार प्राप्त गरेको थियो । सरकारले भोगाधिकारमा रहेको जग्गालाई लिज लैजाने व्यवस्था गर्दा संघको भोगाधिकार खोसिएको छ । नेपाल सरकारसँग पूरानो सम्झौता कार्यान्वयनको लागि कानुनी उपचारको बाटो खोजिनेछ । त्यसको विकल्पमा सहरको उपयुक्त स्थानबारे सम्भाव्यता अध्ययन गरिनेछ ।
सुधार जडिबुटी व्यवसायमा
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित जडिबुटी अहिले नेपालगञ्जमा संकलन गरेर कच्चा पदार्थको रुपमा भारत लगायत विदेशमा निर्यात भइरहेको छ । जडिबुुटीलाई प्रशोधन गरेर निर्यात गर्ने व्यवस्था र औषधि उद्योग स्थापना गर्न राज्यका निकायमा दवाब दिइनेछ । साथै, सरकारको अव्यवहारिक नीतिका कारण हुने असहज परिस्थितिलाई समाधान गर्न पहल गरिनेछ ।
समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन
बाँके जिल्ला पश्चिमको आर्थिक हब नै हो । नेपालगञ्ज औद्योगिक क्षेत्र, निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र, प्रस्तावित विशेष आर्थिक क्षेत्र, सञ्चालनको तयारीमा रहको एकीकृत भन्सार जाँचचौकी (आइसीपी)ले आर्थिक विकासका सम्भावनाको ढोका खोल्नेछ । आगामी दिनमा प्रसस्त सम्भावना रहेको छ । देश विदेशका लगानीकर्ता बाँकेमा आकर्षित गर्न स्पष्ट योजनासहित ‘लगानी सम्मेलनुको आयोजना गरिनेछ । लगानी सम्मेलनले बाँकेमा औद्योगिक र व्यवसायिक प्रतिष्ठानमा लगानी गर्न राज्य, स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताका लागि मार्ग प्रसस्त गर्नेछ ।
सक्षमपर्यटकीय क्षेत्र
बाँके लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय ुगेट वेु हो । यहाँ वेष्टर्न टूाभल मार्ट नियमित भइरहेको छ । बाँकेमा पर्यटन उद्योगमा ठूलो लगानी पनि भित्रिएको छ । दुई वटा फाइभ स्टार होटलसहित दर्जन बढी स्टार होटल खुलेका छन् । स्टार होटलमा आधा दर्जनभन्दा बढी क्यासिनो छन् । जिल्लामा चार वटा फनपार्क, आधा दर्जन होमस्टे खुलेका छन् । बाँके राष्टिूय निकुञ्जबाघ अवलोकन र पर्यापर्यटनको थलोको रुपमा विकास हुँदैछ । निकुञ्जमा हात्ती र जीप सफारी गर्न पाइन्छ । शक्तिपीठ बागेश्वरी मन्दिरमा नियमित महाआरती सुरु भएको छ । जिल्लाका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, गुरुद्वारा पनि पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । यहाँ थुप्रैै ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्य छन् । बर्फानी बाबा, सन्तानेश्वर, गोबद्र्धनधाम, विभिन्न मजारको प्रचार प्रचार र त्यहाँ भौतिक पूर्वाधार विकास गर्न पहल गरिनेछ । राज्यको व्यवसायी मैत्री नीति नभएकाले यी पर्यटकीय क्षेत्रको भविष्य अनिश्चित छ । पर्यटन क्षेत्रमा आशा जगाएर पर्यटन व्यवसायीलाई उत्साहित गराउन संघको तर्फबाट प्रभावकारी काम गरिनेछ । जमुनाहा(हिल्सा सडक सञ्जालले भारतीय(चिनियाँ पर्यटकलाई बाँकेमा भित्र्याउन पहल गरिनेछ ।
सुरु गरौं ः नेपालगञ्ज (दिल्ली उडान
चीनको कैलाश मानसरोवर जाने यात्रीले नेपालगञ्जको रुटलाई पर्यटकीय गन्तव्य बनाएका छन् । त्यसका लागि नेपालगञ्ज(दिल्ली उडानका लागि पहल गरिनेछ । निकै ढिलो भयो । सुरु गरौं, नेपालगञ्ज(दिल्लीलगायत अन्य सहरमा हवाइ सेवा भनेर राज्यलाईझकझकाउने काम संघले गर्नेछ ।नेपालगञ्ज विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा पूर्वाधार विकास गर्न पनि राज्यलाई दवाब दिइनेछ । त्यसैगरी नेपालगञ्जबाट पहाडी जिल्लामा हुने उडानलाई चार्टरको सट्टा नियमित उडान गराउन पनि राज्यका निकायमा पहल गरिनेछ ।
सडक किनार ः स्थानीय परिकार
ठेलामा व्यापार गर्ने नेपालगञ्जको परम्परागत चलन हो । नेपालगञ्जको त्रिभुवन चोक लगायतका स्थानमा अहिले पनिपरम्परागत स्वादका परिकारहरुलाई बिहान र साँझ सडक पेटीमा ठेलामा बेचिन्छ । पछिल्लो समय हाइमास्क लाइटले नेपालगञ्ज उज्यालो सहरको रुपमा परिचित हुँदैछ । त्यसैले पनि स्थानीय परिकारहरु रावडी, चाट, हलुवा पराठा, खसीको सेकुवा, बिर्यानीलाई स्टिूट मार्केटको रुपमा विकास गरेर नेपालगञ्जको पहिचानलाई जोगाउन जरुरी छ । स्टिूट मार्केट राति अबेरसम्म सञ्चालन गर्न सके नेपालगञ्ज गुल्जार हुनेछ । यसका लागि संघले स्थानीय तह, पर्यटनकर्मीलगायतका सरोकारवालासँग समन्वय र सहकार्य गर्ने पहलकदमी लिनेछ ।
सबल सीमा नाका
पश्चिमकै ठूलो भन्सार नाका नेपालगञ्जको जमुनाहामा छ । सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार सञ्चालन हुन सकेका छैनन् । खुला सीमानाकाका कारण वैधानिक बाटोभन्दा अवैध आयात निर्यातले लक्ष्यभन्दा धेरै कम राजस्व संकलनबाट राष्टिूय अर्थतन्त्रमा घाटा भएको छ ।स्वदेशी उद्योगी व्यवसायी पनि मारमा छन् । बाँकेको व्यापार, व्यवसाय चौपट भएको छ । स्वदेशी उत्पादनहरु फस्टाउन सकेका छैनन् ।स्वदेशी उत्पादकले अवैध रुपमा भित्रिएका सामानसँग प्रतिष्पर्धा गर्न सकिरहेका छैनन् ।साना ठूला उद्योगहरु धरासायी बन्दै गइरहेका छन् ।सरकारलाई दैनिक लाखौं रुपैयाँ घाटा भइरहेको छ ।सीमापारी सस्तो सामान पाइन्छ कि भन्ने लोभले उपभोक्तालाई गुणस्तरहीन खाद्यवस्तुबाट स्वास्थ्यमा हानी भइरहेको छ । उपभोक्तालाई सीमापारी जानबाट रोक्न सकिएको छैन ।सीमासँग सम्बन्धित सबै मुद्दाको नीतिगत रुपमा समाधान गर्न राज्यका विभिन्न निकायसँग परामर्श गरी प्रभावकारी पहल गर्नेछौं ।
समन्वय आयात(निर्यात
भन्सारको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीलाई आयात(निर्यातमा व्यवधान भइरहेको छ । आयात(निर्यातमा सहजीकरण गर्न संघले पहल गर्नेछ । कानुनी जटिलता भए सच्चाउन राज्यलाई दवाब दिनेछ ।
सर्वसुलभ बंैकिङ प्रणाली
राष्टिूय अर्थतन्त्रको मेरुदण्डको रुपमा उद्योगी व्यवसायीभए पनि सरकारकोे व्यवसायिक क्षेत्रलाई उकास्ने नीति छैन । बैंक तथा वित्तीय संस्थाको परिवर्तित नीतिका कारण उद्योगी व्यवसायी मारमा पर्ने गरेका छन् । संघले राज्यलाई झकझकाउन अव्यवहारिक बैंकिङ नीतिविरुद्ध आन्दोलन गर्ने गरेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण पनि गर्ने गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघले गरेको आन्दोलनका कारण देशभरका उद्योगी व्यवसायी आन्दोलित भएर सरकारलाई घुँडा टेक्न बाध्य बनाएको इतिहास छ । यस्तो आन्दोलनको नेतृत्व संघले फेरि पनि गरिरहनेछ । अस्थिर ब्याजदरको दीगो समस्या समाधान गर्न संघले निरन्तर पहल गर्नेछ । राष्टू बैंकलाई उद्योगी व्यवसायी मैत्री मौद्रिक नीति बनाउन दवाब दिइनेछ ।
सहजीकरण करशिक्षामा
उद्योगी व्यवसायी त्यसमा पनि साना तथा मध्यम खालका उद्योगी व्यवसायी करको सामान्य जानकारी नभएका कारण पनि समस्यामा पर्ने गरेका छन् । करशिक्षाको अभावमा उद्योगी व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भन्सार कार्यालय, स्थानीय तह जस्ता नियमनकारी निकायबाट बेला बेलामा दुःख दिने काम भएको छ ।सदस्यहरुलाई नियमित रुपमा करदाता शिक्षा र कर सम्बन्धी व्यवस्थाबारे संघले अभिमुखीकरण गर्नेछ । कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइनेछ ।
सरकारलाई प्रश्न हाम्रो कर किन ?
उद्योगी व्यवसायीले तीन तहकैै विभिन्न निकायमा कर तिरिरहेका छन् । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय लगायतका कर तिर्ने निकायसँग संघले उद्योगी, व्यवसायीले तिरेको करको प्रतिफल लिने खालका कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछ ।
सञ्चारसँग सहकार्य
२१औं शताब्दी सूचना प्रविधिको युग हो । आमसञ्चार माध्यमको सहयोगमा नै उद्योगी, व्यवसायीका एजेण्डा र समस्या समाधानका लागि राज्यलाई दवाब दिन सकिन्छ । संघले आमसञ्चार माध्यम र पत्रकारसँग सहकार्य गर्नेछ ।
र अन्त्यमा…
उल्लेखित प्रतिबद्धताहरु कार्यान्वयन र उद्योगी व्यवसायीबीचको एकता कायम गर्न समावेशी प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । त्यसैले समावेशी प्यानलका सम्पूर्ण उम्मेदवारलाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउन अनुरोध गर्र्दछौं । साथै, यस प्यानललाई सहयोग गरिदिन आमउद्योगी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवा एवं समस्त बाँकेबासी दाजुभाइ, दिदीबहिनीहरुमा पनि हार्दिक अपिल गर्दछौं ।

रु
समावेशी प्यानलका उम्मेदवारहरु
नाम पद फर्मको नाम मोबाइल नं.
टंकबहादुर धामी अध्यक्ष कमल गार्मेन्ट उद्योग ९८५८०२०१४७
चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग) नेपालगञ्ज पेट प्लाष्ट उद्योग ९८५८०२७४२३
हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य) हार्दिक स्टोर ९८५८०३३०७५
मन्दिरा पाण्डे उपाध्यक्ष (महिला) न्यू त्रिवेणी पुस्तक सदन ९८४८०२२७९९
भीमबहादुर रानाभाट महासचिव कालिका इम्पोरियम ९८५८०५९७७१
मदनराज शर्मा उप(महासचिव बागेश्वरी कम्प्युटर टेक्नोलोजी ९८४८०२६१३७
सलाउद्दिन जसगढ कोषाध्यक्ष मोहिद्दिन ज्वैलर्स ९८५८०२७३८६
इन्दिराकुमारी शाही सदस्य श्रीलक्ष्मी जनरल स्टोर ९८६८१६२६९१
तोपबहादुर थापा सदस्य करुणा थापा किराना पसल ९८४८०४४९७५
विष्णु श्रेष्ठ सदस्य सुस्ता इम्पेक्स ९८५८०८१८०६
बुद्धिबहादुर विके सदस्य न्यू दियाली सुनचाँदी पसल ९८४८०२२२९८
सुदन केसी सदस्य सुभान्सी सपिङ सेन्टर ९८५८०२४०६७
शिवराज वर्मा सदस्य न्यू ओमकृष्ण इलेक्टिकल ९८०४५९६४६२
धर्मेन्द्र सिंह ठटेर सदस्य धर्मेन्द्र टेूडर्स एण्ड सप्लायर्स ९८४८०५२२४८
टीकामणि उपाध्याय सदस्य बागेश्वरी सप्लायर्स ९८५८०२३४४८
डम्बर चन्द सदस्य महाराजा मोबाइल एण्ड इलेक्टूोनिक सेन्टर ९८५८०३०११६
जमालुदिन अन्सारी सदस्य राप्ती चुडी पसल ९८५८०७२८४१
कमल कार्की सदस्य (एशोसियट) सिद्धबाबा हार्डवेयर प्रा.लि. ९८५८०२३०३९
राजीव तल®ा सदस्य (एशोसियट) सूर्यशक्ति अक्सिजन ग्यास उद्योग ९८५८०२१७७२
फणाधर भण्डारी सदस्य (वस्तुगत) अध्यक्ष, किराना व्यवसायी संघ, बाँके ९८१६५७६५२०
रंगबहादुर खड््का सदस्य (वस्तुगत) अध्यक्ष, होटल व्यवसायी संघ बाँके ९८४८१७०८६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *