
खजुरा, २१ श्रावण – बाँकेको खजुरा ४ एफ गाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा–महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवका लागि आईतबार भएको स्थानीयको भेलाले मुल समितिलाई पूर्णता दिएको छ । स्थानीयबासिको वृहद भेलाले खड्क वलीको संयोजकत्वमा मुल समिति गठन गरेको छ । समितिमा खजुरा गाउँपालिका वडा नम्बर ४ का सबै टोल, जानकी, कोहलपुर र बैजनाथ गाउँपालिकाबाट समेत प्रतिनिधित्व रहेको छ ।
अध्यक्ष वलीका अनुसार सोमबारदेखि महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलाइने भएको छ । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।
