
नेपालगन्ज, १४ श्रावण – जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७९/२०८० मा सबभन्दा बढी बैकिंङ कसूर सम्बन्धी ३०५ वटा मुद्दा दर्ता भएका छन् भने त्यस मध्ये २१० वटा मुद्दा किनारा लागि ९५ वटा फच्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी गराउनु भएको छ ।
आत्महत्या सम्बन्धी १०१ घटना वर्षभरिमा घटेको देखिन्छ । जुन गत त्रिवार्षिक अपराध तालिमका दोब्बरले बृद्धि भएको पाईन्छ ।
आ.व. २०७९/२०८० मा विभिन्न अपराध सम्बन्धी विवरण मध्ये कर्तव्य ज्याद मुद्दा १२ मध्ये १० फच्र्यौैट भएको, जजक गरि कर्तव्य ज्याद १ फच्र्यौट हुन बाँकी, भवितव्य ज्यान मुद्दा ७३ फच्र्यौट, फुटकर ज्यान १५ वटा फच्र्यौट, विष सेवन आत्महत्या १४, गौबद्ध ७ मध्ये फच्र्यौट हुन बाँकी २, सरकारी कागज किर्ते ४ मध्ये २ फच्र्यौट हुन बाँकी, साधारण चोरी ६८ मध्ये २ फच्र्यौट हुन बाँकी, डाँका चोरी ५ मध्ये २ फच्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटबाट उपलब्ध अपराध तालिकामा उल्लेख गरिएको छ ।
यसैगरी, नकबजनी चोरी २८ फच्र्यौट, चौपाया चोरी ९ फच्र्यौट, सवारी चोरी ३३ फच्र्यौट, खोटा चलन ३ मध्ये फच्र्यौट हुन १ बाँकी, ठगी ३८ मध्ये २० फच्र्यौट हुन बाँकी, जुवा ३ फच्र्यौट, बहुविवाह ३७ मध्ये २ फच्र्यौट हुन बाँकी, बाल विवाह १, जजक ४० मध्ये ३ फच्र्यौट हुन बाँकी, जजकउ १२ मध्ये २ फच्र्यौट हुन बाँकी, मावेवि १३ मध्ये २ फच्र्यौट हुन बाँकी, सवारी ज्यान ४६ मध्ये ३ फच्र्यौट हुन बाँकी, हा.ह.ख.ख. ६ फच्र्यौट, ला.औ. १५७ मध्ये ७ फच्र्यौट हुन बाँकी, अपहरण ९ मध्ये ४ फच्र्यौट हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
यसैगरी, सवारी अंगभंग ५ फच्र्यौट, सार्वजनिक उपद्रव १ फच्र्यौट, आत्महत्या दुरुत्साहन ६ फच्र्यौट, चोरी उद्योग ६ फच्र्यौट, जातिय छुवाछुत ४ फच्र्यौट, अपहरण गरी जजक १ फच्र्यौट, सहकारी रकम हिनामिना २ फच्र्यौट हुन बाँकी, व्यक्ति वेपत्ता ७ मध्ये २ फच्र्यौट हुन बाँकी, अपराधिक उपद्रव ८ मध्ये २ फच्र्यौट हुन बाँकी, ज्यान सम्बन्धी १३ फच्र्यौट, अप्राकृतिक मैथुन २ मध्ये १ फच्र्यौट हुन बाँकी, सवारी भवितव्य ज्यान १२ फच्र्यौट, डाँका चोरी÷ज्या.मा.उ. १ फच्र्यौट, सरकारी छाप किर्ते र ठगी १ फच्र्यौट, अपहरण गरी अप्राकृतिक मैथुन १ फच्र्यौट, बालबालिका कसूर १ फच्र्यौट, सार्वजनिक न्याय विरुद्ध कसूर १ फच्र्यौट भई जम्मा १०८३ मुद्दा आ.व. २०७९/२०८० मा फच्र्यौट भईसकेको प्रहरी स्रोतद्वारा जानकारी गराईएको छ ।
स्रोतका अनुसार १४७९ मुद्दा दर्ता भएको मध्ये १०८३ मुदा फच्र्यौट भई ३९६ मुद्दा फच्र्यौट हुन बाँकी रहेको बताईएको छ ।
