Thursday, May 7सत्यम खबर
Shadow

‘भ्रष्टाचार विरुद्ध सशक्त रुपमा कलम चलाउँदा पत्रकारहरु मारिए’ वरिष्ठ पत्रकार श्रीवास्तव

नेपालगन्ज, ९ अषाढ – राज्यले पत्रकारहरुलाई देशको चौथो अंगको रुपमा माने पनि सौतेलो व्यवहार गरेकै हुँदा भ्रष्टाचार विरुद्ध सशक्त रुपमा कलम चलाउँदा पत्रकारहरु मारिएका कतिपय उदाहरणहरु रहेको बताउनु भयो ।
शुक्रबार मित्र राष्ट्र भारतको बहराईचमा अल इन्टलेक्चुअल प्रोफेशनल जर्नलिस्ट एसोसिएशन (आईजपा) द्वारा ईद मिलन तथा बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ पत्रकार सतिश श्रीवास्तवले राखेका थिए ।
वरिष्ठ पत्रकार श्रीवास्तवका अनुसार पत्रकारहरुको सुरक्षका लागि विभिन्न प्रस्तावहरु केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार समक्ष प्रस्तुत गर्दा समेत कुनै वास्ता नगरेको हुँदा अब हामी तिनै तहका पत्रकारहरुलाई एक आपसमा हातेमालो गर्दै भ्रष्टाचार विरुद्ध विगुल फुल्नु आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार श्रीवास्तवले भने ‘देशको विकासको पथमा अग्रसर बनाउन पत्रकारिताले मात्र सबै प्रकारको विकृति, विसंगति र भ्रष्टाचारको अन्त गर्न सक्छ’ बताउँदै अगाडी थपे ‘म यो एसोसिएशनबाट जुट्न चाहेको थिएन किनकि म दशकौंदेखि पत्रकारिता क्षेत्रमा कार्य गर्दै कैयन ठूलाबडा संचार प्रतिष्ठानमा काम गरेँ । अब पत्रकारिता भने गर्न चाहँदैन, म पत्रकारिता छाड्न चाहन्छु तर पत्रकारिताले मलाई छाडी रहेको छैन । जसको कारण आज पनि म स्वतन्त्र पत्रकारको रुपमा लेखनीहरु गर्दै आई रहेको’ बताउनुभयो ।
उहाँले म एउटा कानून व्यवसायी रहेपनि पत्रकारितामा नै लामो समयसम्म लागी रहेँ । पत्रकारिता यस्तो प्रकारको नशा हो जसको त्याग गर्न चाहे पनि यसलाई त्याग गर्न नसकिँदो रहेछ । भ्रष्टाचार देख्ने बित्तिकै कलम चलि नै हाल्छ । स्वस्थ पत्रकारिता गरे निश्चित पनि भ्रष्टाचारको अन्त हुन्छ । मैले कैयन भ्रष्टाचारीहरुको पर्दा फास गरेको बताउनुभयो ।
उहाँले सम्बोधन गर्दै भन्नुभयो– ‘स्वस्थ पत्रकारिता गर्दा तमाम प्रकारको धाक धम्की, डर त्रासहरु आउँछ, यसको विरुद्धमा निडर भइ लेखनी गर्नुपर्छ । भ्रष्टाचारको अन्त गर्न मसँग तमाम उपायहरु छन् । भ्रष्टाचारको अन्त गर्न मैले सुझावका लागि कैयन पत्रहरु पठाएको छु सो पत्रहरु अधिकारी बीचमै खोलेर पढ्छन् । आफ्नो नोक्सानी हुने डरले उनीहरु सो पत्र बीचमा नै लुकाई हाल्छन् । भ्रष्टाचारको अन्त गर्न चाहेपनि अधिकारीहरु आफ्नो नोक्सानी हुने डरले सो पत्र लुकाउँदै आएका छन् । एक दिन त्यस्ता तमाम भ्रष्टाचारहरुको म अन्त गर्न सफल हुन्छु ।’
त्यस्तै नै वरिष्ठ पत्रकार नेमिश सिंहले भने, हाम्रो छिमेकी देश चीनले नेपाललाई आफ्नो अनुचित प्रभावमा लिइ नेपालको भूमिबाट भारत विरुद्ध विभिन्न षडयन्त्रहरु गर्दै आएको छ । चीनको प्रतिकार गर्नु अहिले आवश्यक भएको छ । उहाँले पनि भ्रष्टाचार र विकृति विसंगतिको विरुद्ध आफ्नो विचारहरु राखेका थिए ।
पत्रकार फराज अन्सारीले आयोजन गरेको सो सम्मेलनमा पत्रकार सौरभ अग्रवाल, पत्रकार अभिजित आनन्द लगायत बहराइच जिल्लाका साहित्यकार, समाजसेवीहरुको कार्यक्रममा ठूलो उपस्थिति रहेको थियो । सम्मेलनमा सहभागी प्रायः सबै बुद्धिजीवी वर्गले पत्रकार देशको चौथो स्तम्भ भएकोले पत्रकारिता क्षेत्रको अझ विकास हुनुपर्ने विचार राख्दै सबै पत्रकारलाई प्रतिष्ठित पत्रकार बन्न आव्हान गरे ।


कार्यक्रममा भ्रष्टाचारको अतिरिक्त विभिन्न प्रकारको विकृति विसंगतिहरुको अन्त हुनुपर्ने र सबैमा देशभक्ति पलाउनुपर्ने कुरामा जोड दिँदै कैयन कविकार र शायरहरुले देशभक्ति जगाउनेखालको रचनाहरुको प्रस्तुति गरेका थिए । एसोसिएशनले आफ्नो यस सम्मेलनमा सहभागी हुन मधेश मिडिया मिसन नेपाललाई निम्तो गरेको थियो ।
जस कारण मिसन नेपाल बाँके अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको नेतृत्वमा त्यहाँ ६ जना नेपाली पत्रकार बहराइचमा आयोजित गरिएको सम्मेलनमा सहभागी हुन पुगेका थिए । सम्मेलनको बीच नेपालगन्जका पत्रकार चन्द्रेश्वरराज त्रिपाठी, अजयकुमार गुप्ता विद्रोही, शुभम शर्मा, मनोज कौशल, समीर अलि, रमेशचन्द्र कुमाल र सुदर्शन न्यूज च्यानलका रामसिंह सोनी लगायतका पत्रकारलाई आईपजाको तग्मा र सम्मान–पत्रसहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *