Wednesday, May 6सत्यम खबर
Shadow

३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा ३७ जनाले रक्तदान गरे

नेपालगन्ज, ९ अषाढ – ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा दुई जना महिला सहित ३७ जनाले रक्तदान गरेका छन् ।
उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र जनमत अद्र्धसाप्ताहिकले समन्वय र संयोजन गरेको हो ।
एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखा सदस्य होमराज गिरीलाई रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो ।
उक्त कार्यक्रममा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशकद्वय मीना तुलाधर भुसाल र लक्ष्मण कार्की, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी गाउँपालिका उपशाखाकी अध्यक्ष दिव्या गुरुङ, नियमित रक्तदाता लक्ष्मणकुमार वैश्य, श्यामबहादुर थारु, विकास शाही, दिपेन्द्र शाही, हिमबहादुर ओली, कृष्णप्रसाद खत्री, मनोज चौधरी, हमीद हुसेन अन्सारी, प्रतिक चन्द, सद्दाम हुसेन दर्जी, कमल बोहरा, रमण ढुङ्गाना, राजेन्द्र लोध, सुन्दर परियार, हंशराज वर्मा, सरोज मरासैनी, योगराज चौधरी (योगेश), अञ्जली ओली, विजय थारु, कालुराम चौधरी, मोहम्मद आदिल साई, पुष्करकुमार जरवट, सावन थारु, मीरा थारु, विष्णु ओली, सुरज ओली, चन्द्रबहादुर चौधरी, बासुदेव चौधरी, सुरज लामा, गणेश जिएम, झग्गु प्रसाद, पे्रम कार्की लगायत ३७ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाकी अध्यक्ष दिला शाह, समाजका सल्लाहकार तथा जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, पत्रकार शंकरप्रसाद खनाल, पवन जायसवाल लगायतको उपस्थित रहेको थियो ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, महेश राना, सञ्जय बढही, केशर सिंह डाँगी लगायतले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *