Monday, August 17सत्यम खबर
Shadow

डुडुवाको १४ औं गाउँसभाबाट ४८ करोड बढीको बजेट सार्वजनिक

डुडुवा, ९ अषाढ – डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निर्माण लगायतका २१ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
डुडुवा–४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शैय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग सञ्चालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ ।
यसैगरि आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिईने, ‘ग’ र ‘घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा दिईदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईने, गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाहलाई सहज, सूचना प्रविधि मैत्री, अशक्त मैत्री र सेवाग्राही मैत्री सेवा प्रदान गरिने, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमिऐन बमोजिम कार्य प्रक्रिया अगाडी बढाउने र बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिने निति तथा कार्यक्रमलाई जोड दिइएको छ ।
यसैगरी डुडुवा गाउँपालिक वडा नं.–६ महाउत टोलमा ७०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आ.व. मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण, गाउँपालिका भित्र रहेका विद्यालयलाई अनुगमन गरी कार्य सम्पादनका आधारमा प्रोत्साहन, साथै चालु आ.ब.मा गाउँपलिका स्तरीय क्याम्पस स्थापनाको लागी संघ तथा प्रदेश सरकारको सहकार्यमा आवश्यक पहल गर्दै यस गाउँपालिकामा क्याम्पस स्थापना, साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ ।
यसैगरी प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सवै डुडुवावासीलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुँचमा बृद्धि, कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण, कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकाय समेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार, पशुरोग निदानका लागी पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परिजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाईनेछ ।
उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि, डुडुवा–२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याई कृषकहरुले उत्पादन गरेका बीउ प्रशोधन गरि बाह्य बजारमा निर्यात गरिने छ । साथै गाउँपालिकालाई बीउ आत्मनिर्भर बनाईने, बेतहनी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरि १० शैयाको सामुदायिक अस्पतालमा परिणत गर्न संघिय÷प्रदेश सरकार संग समन्वय गरि सामुदायिक अस्पतालको स्थापना गरिने, सामुदायिक अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बिमा कम्पनीसँग सहकार्य गरि बिमा सेवा कार्यक्रम लागु गरिने छ ।
सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८० प्रस्तुत गर्नु भएको थियो । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित गरिएको थियो ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गले सञ्चालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *