
नेपालगन्ज, ४ जेठ – जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा शिक्षकहरुको अगाडी नै हातपात तथा दुव्यर्वहार गरिएको छ ।
जानकी गाउँपालिका शिक्षा शाखा तथा पालिका भित्र रहेका विद्यालयका प्रअहरुको बैठक चलिरहेको बेला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीले प्रअ शिक्षिका माथि हातपातका साथै दुव्यर्वहार गरेका छन् ।
उक्त दुव्यर्वहारको बिरोध गर्दै पालिका भित्र रहेका शिक्षक, शिक्षिकाहरुले कानूनी उपचारका लागि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई तत्काल पालिकाबाट सरुवा नगरे पालिकामा तालाबन्दी गर्नुका साथै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।
पीडित शिक्षिकको भनाई अनुसार प्रमुख प्रशासकीय जस्तो गरिमामय पदमा पदासिन रहेपनि आफू मतहतका कर्मचारीहरुसित कस्तो व्यवहार गर्नुपर्छ उनलाई पटकै थाहा नरहेको हुँदा अरुलाई जतिखेर खेपर, तल्लो स्तरको शब्द प्रयोग गरेर झपार्ने गरिरहेको हुँदा आज त हदै गरेका छन् । म माथि हातपात गर्नुका साथै अमानवीय दुव्यर्वहार गरेका छन्, भनी बताउनुभयो ।
यसैगरी अन्य पीडित शिक्षिकाहरुले गुनासो पोखेका छन् । जतिखेर पनि प्रमुख डाँगीले झपारेर तत्काल राजीनामा देउ, मैले अर्को प्रधानाध्यापकको व्यवस्थापन गरिसकेको छु जस्तो शब्द प्रयोग गर्दै हेप्ने गरेको बताउँछन् ।
जानकी पालिका भित्र प्रमुख प्रशासकीय डाँगीबाट पीडित पालिका भित्रका अन्य कर्मचारीहरु समेत रहेका छन् । तर आफ्नो नाम कतै नआओस भन्ने डरले केही बोल्न चाहेनन् । एक जना नाम नलेख्ने शर्तमा प्रमुख डाँगी शारीरिक रुपमा मात्र नभएर मानसित रुपमा समेत अशक्त रहेको उनीद्वारा कर्मचारी स्टापमाथि गरिने व्यवहारले प्रष्ट भएको बताउँछन् ।
