
नेपालगन्ज, २४ फागुन – “लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ अन्तरपार्टी महिला संजाल बाँकेको आयोजनामा अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवश, मार्च ८को अवसरमा दिप प्रज्वलन तथा होलीमिलन कार्यक्रम सम्पन्न भएकाे छ ।
अन्तरपार्टी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलद्धारा सञ्चालन गरिएको होलीमिलन तथा दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले महिलाहरु सामाजिक, आर्थिक रुपमा अब्बल बनाउनको निम्ति उपमहानगरपालिकाले आफ्ना कार्यक्रम तय गरेको बताउँदै दलित मधेशी, मुस्लिम, जनजाति सबै समुदायमा सशक्तिकरण गर्न जरुरी रहेको बताउनु भयो । प्रमुख अथिति मेयर विष्टले उपमहानगरपालिकाको बजेटले मात्र नपुगे केन्द्र र प्रदेशबाट पनि बजेट ल्याएर महिला सशक्तिकरण गर्नमा पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा सामाजिक महाशाखा प्रमुख शोभा शाहले मार्च ८को इतिहासको बारेमा जानकारी गराउँदै महिलाले आफ्नो अधिकार प्राप्त गर्न पछि पर्न नहुने बताउनु भयो ।
अन्तरपार्टी महिला संजाल बाँकेका अध्यक्ष अम्बिका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुदिन राई, विभिन्न संघ संस्थाका महिलाहरु, स्वास्थ्यकर्मी महिलाहरु, अन्तरपार्टी महिला संजालका सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । दिप प्रज्वलन पश्चात सहभागीले होली खेलेर रमाइलो गरेका थिए ।
कार्यक्रममा अन्तरपार्टी महिला संजालका अध्यक्ष अम्बिका काफ्ले लुम्बिन प्रदेश सभा सदस्य मनोनित भएकोमा प्रमुख अथिति प्रशान्त विष्टद्धारा खादा ओढाएर सम्मान गरिएको थियो ।
अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवश मार्च ८ महिलाले आफ्ना अधिकारको लागि लडेको दिन हो, ८ घण्टा काम, ८ घण्टा मनोरन्जन र ८ घण्टा आरामको माग राखेर आन्दोलन गरेका महिलाहरुले अहिले पनि लैंङ्गिक विभेदका थुप्रै समस्या भोग्दै आएका छन् ।महिलाले समानताको लागि आवाज उठाएको दिन हो मार्च ८ यहि दिनको सम्झनामा विभिन्न कार्यक्रम गरेर मनाइदैछ । फागुन २४ गते मार्च ८ भए पनि मार्च ८ को सन्दर्भ पारेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।
