Friday, April 24सत्यम खबर
Shadow

न्यु दर्पण र रनियापुर युवा क्लब विजयी

नेपालगन्ज, २९ माघ – न्यु दर्पन र रनियापुर युवा क्लबले नेपालगन्ज मेयर तथा उपमेयर कपक्रिकेट प्रतियोगितामा आईतबार सफलता हासिल गरेका छन् ।
मंगल प्रसाद उच्च माविको खेल मैदानमा न्यु दर्पणले सेन्ट थोमस स्कुललाई ३२ रनले हरायो । अर्को खेलमा रनियापुर युवा क्लबले ज्यागवार क्रिकेट क्लबलाई ३९ रनले पराजित गरेको छ । मंगल प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १५ओभरमा ४ विकेटको नोक्सानीमा १ सय २२ रन बनाएको थियो ।
न्यु दपर्णका विशाल गुबाजुले ५१ रन, अनिषपुन मगरले १५ रन, रिशम सिंह ठकुरीले १३ रन र विशाल पौडेलले अविजित १२ रन जोडे । सेन्ट थोमसका उत्सव बस्नेतले ३ विकेट लिए ।
जवाफमा सेन्ट थोमस १३.४ ओभरमा ९० रन बनाएर अलआउट भयो । सेन्ट थोमसका कृष्ण आचार्यले ३८ रन र सुदिप श्रेष्ठले १३ रन बनाए । दर्पणका विशाल पौडेलले ४ विकेट र रमेश भण्डारीले ३ विकेट लिए । खेलमा ४ विकेट लिने दर्पणका विशाल प्लेयर अफ द म्याच घोषित भए । उनलाई महिला राष्ट्रिय क्रिकेट टिमका पुर्व प्रशिक्षक जमिल अन्सारी र प्रशिक्षक इरफान सैयदले पुरस्कृत गरे ।
यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ गरेको रनियापुरले २० ओभराम ८ विकेटको नोक्सानीमा १ सय ४६ रन बनाउन सफल भयो । रनियापुरका लागि भोला खानले अविजित ३६ रन, नफिस खानले २० रन, सम्मु खानले १४ रन र टिका यादवले १३ रन जोडे ।
ज्यागवार क्रिकेट क्लबका अमिन श्रेष्ठले ३ विकेट, मुजिब अन्सारीले २ विकेट लिए । जवाफी ब्याटिङमा ज्यागवारले १७.३ ओभरमा १ सय७ रन बनाएर अलआउट हुन पुगेको थियो । टोलीका लागि मनोज यादवले २१ रन, ओपनर असलम हलवाईले २० रन र अर्जुन सिंहले १४ रन बनाए । रनियापुरका लागि टिका यादवले सर्वाधिक ४ विकेट, इरफान खानले ३ विकेट र सम्मु खानले २ विकेट लिए । खेलमा रनियापुरका टिका यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई हक्की संघ बाँकेका पुर्व अध्यक्ष अमर शाहीले पुरस्कृत गरे ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उपमहानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *