Friday, April 24सत्यम खबर
Shadow

मासिक गजल गोष्ठी सम्पन्न

नेपालगन्ज, २८ माघ – नेपालगन्जमा रहेका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबको आयोजनामा नियमित मासिक गजल गोष्ठी माघ २८ गते शनिवार सम्पन्न गरेको छ ।
गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा उर्दू भाषालाई प्रोत्साहनका लागी मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेको सोही अनुसार महेन्द्र पुस्तकालयको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन गरेका थिए । गजल गोष्ठीमा “चश्म –ए–हैराँ में है माभी का तमाशा अब तक” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगन्जका वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा, सैयद असफाक रसूल नेपाली, आदील सरवर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अव्दुल हयात रसीद, लगायतका उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति शुक्रऋर्षि चौलागाई, पत्रकार बीपी अस्तु, महेन्द्र पुस्तकालका कार्यालय प्रमुख स्वामीदयाल गुप्ता, राम प्रसाद कुम्हार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *